काठमाडौं । सुजुकी दुई पांग्रे सवारीसाधनको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रा.लि. ले काठमाडौंको ग्वार्को चौक, गुणा सिनेमाघरको अगाडि नयाँ भीजी सुजुकी शोरूमको भव्य उद्घाटन गरेको छ।
उद्घाटन समारोहमा भीजी अटोमोबाइल्स प्रा.लि. का महाप्रबन्धक परास जैन प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। कार्यक्रममा सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रभावशाली व्यक्तित्व (इनफ्लुएन्सर), भ्लगर तथा अटोमोबाइल उद्योगका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
यस नयाँ शोरूममा ग्राहक र मोटरसाइकल स्कुटरप्रेमीहरूलाई सुजुकीका नवीनतम मोडेलहरू अवलोकन गर्ने अवसर प्रदान गरिएको छ । साथै, उद्घाटन विशेष योजनाअन्तर्गत चयनित मोडेलहरूमा साटासाट (Exchange) गर्दा ५० हजार रुपैयाँसम्मको मूल्यवृद्धि सुविधा उपलब्ध गराइनेछ ।
Comments are closed.