काठमाडौं । विभिन्न चार निर्माण कम्पनीहरु कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार एसएम कन्स्ट्रक्सन, राना फर्निचर सः मिल उद्योग, गौरीगोममा निर्माण सेवा र ब्युल्ड ब्रदर्श कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेको हो ।
सरकारले यि कम्पनीलाई डेढ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ ।
कालोसूचीमा परेका कम्पनीहरुले एकदेखि २ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउने छैनन् ।
Comments are closed.