काठमाडौं । ब्लेसको दोस्रो सोरूम कमलपोखरीस्थित सिटी सेन्टरमा खुलेको छ। मंगलबार एक कार्यक्रमबीच गायिका मेलिना राईले उद्घाटन गरिन् । सोरूमको सञ्चालक यादव राई रहेका छन् । राईले फ्रेन्चाइज लिएर मिता ट्रेडर्स अन्तर्गत ब्लेस सोरूम सञ्चालनमा ल्याएका हुन् ।
ब्राण्डेड सामग्रीहरु मात्रै बिक्री गर्ने लक्ष्यका ब्लेस सञ्चालनमा आएको हो । यस अगाडि काठमाडौंको न्युरोडस्थित वसन्तपुरमा ‘ब्लेस’को पहिलो शोरुम सञ्चालनमा आएको थियोे । शोरुममा ब्राण्डेड कपडा, डिजिटल एसेसरिज, ट्राभल एसेसरिज, हेल्थ एण्ड व्युटी लगायतका सामग्री बिक्री गरिनेछ ।
शोरुममा ब्लेस ब्राण्डसहित मिसियो, मिनिसो, सिसी, यिसियोन, विड्भी, टिबक्स, मार्भल लगायतका ब्राण्ड समावेश गरिएको छ । फेसन र लाइफस्टाइलसँग सम्बन्धित सामग्रीका लागि ब्लेसमा ग्राहकको आकर्षण देखिएको बताइएको छ ।
आधुनिक डिजाइन र उत्कृष्ट क्वालिटीका सामान सस्तो मूल्यमा प्राप्त गर्न सकिने बताइएको छ । ब्लेसका अन्य शोरुमहरु लबिम मल, सूर्य बिनायक, कीर्तिपुर, दरबारमार्ग र मनकामनामा छिट्टै सञ्चालनमा ल्याउने तयारी छ ।
Comments are closed.