निर्वाचनको समयमा रगत अभाव हुन नदिन बृहत रक्तदान आयोजना हुँदै

पोखरा । प्रतिनिधि सभा निर्वाचनको समयमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको छ । फागुन १७ गते पोखराको महेन्द्रपुलमा दिनभर रक्तदान कार्यक्रम सञ्चालन हुनेछ ।

आकस्मिक रक्तदान युनिटका सहसंयोजक नेत्र ढकालका अनुसार बिगतमा पनि निर्बाचनको समयमा रगतको अभाव हुने गरेकाले यस पटक रगत अभाव क मगर्न बृहत खुल्ला रक्तदान कार्यक्रम गर्न लागिएको हो ।

लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटी र नेपाल हृदयरोग निवारण प्रतिष्ठान कास्कीको आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो । ३ सय भन्दा बढी युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.