आर्दश समाज सामाजिक संस्था पुरानो धाराको रक्तदान कार्यक्रम

पोखरा । आदर्श समाज (सामाजिक सस्था) पोखरा १२ पुरानो धाराको १७औ खुल्ला रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको छ  । कार्यक्रममा पहिलो रक्तदाता संस्थाका पुर्व अध्यक्ष शिव प्रसाद कोइरालालाई ब्लड ब्याग हस्तान्तरण गर्दे पोखरा महानगरपालिका १२ का वडा अध्यक्ष सन्तोश बास्तोलाले पोखरा १२ काे पुरानो एस संस्थाले वडामा विभिन्न सामाजिक कार्यहरू गरिरहेकाेमा धन्यवाद दिदै आफू समग्र वडाको विकासको लागि सवै समुदाय संग सहकार्य गर्दे काम गरिरहेको बताए ।
कार्यक्रममा पोखरा १२ की वडा सदस्य शान्ति कोइराला पुरानोधारा बचत तथा ऋण सहकारिका सस्थाका अध्यक्ष चन्द्र प्रकाश कोइराला संस्थाका पुर्व अध्यक्ष सल्लाहकारहरू शम्भुराज बास्तोला शिव प्रसाद कोइरला कृष्ण प्रसाद कोइरला बसन्तराज कोइरला शितलादेबि टोल बिकास सस्थाका अध्यक्ष शुशिला श्रेष्ठ लगाएतले बोलेका थिए ।
आर्दश समाज सामाजिक संस्थाका अध्यक्ष इन्दिरा भण्डारि कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका उपाध्यक्ष सुमित्रा कोइरलाले स्वागत मन्तव्य कार्यक्रम संयोजक अमृत शर्माले धन्यवाद ज्ञापन तथा सस्थाका सचिव शान्ता बास्तोलाले कार्यक्रम सन्चालन गरेकी थिइन ।
You might also like

Comments are closed.