सर्वेश्वर सहकारीको आयोजनामा रक्तदान

पोखरा ।पोखरा २७ आवास नगरमा रहेको सर्वेश्वर सहकारी सस्थाको बार्षीक कार्यक्रम अनुसार राखेको खुल्ला रक्तदानमा ३२ युनिट रगत संकलन भएको छ ।

सहकारीले सामाजीक क्षेत्रमा देखाएको अग्रसरतालाई पुष्टी गदै राखेको रक्तदानका पहिलो रक्तदाता सेयर सदस्य कृष्ण बहादुर बल्छौडीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं २७ की वडा सदस्य सरस्वती नेपालीले सहकारीले नाफाका लागी मात्र नभई समाजमा सकरात्मक सन्देस दिने खालका कार्यक्रम राखेर अगाडी वढ्न पर्ने धारणा व्यक्त गरिन् ।

सस्थाका अध्यक्ष चक्रवहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्र पोखरा प्रमुख अर्जुन ज्ञवालीले हरेक स्वच्छ मानिसले तीन ÷तीन महिनामा रत्तदान गर्दा राम्रो हुने सुझाव दिएका थिए भने सस्थाका सल्लाहकार चन्द्रकान्त पौडेलले सहकारीले स्थापनाको छोटो समयमा उदाहरणीय काम गरेर स्थानियको मन जित्न सफल भएको विचार राखेका थिए ।

jutta mela

सस्थाका सचिव अमृता वास्तोलाले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष डम्वर प्रसाद पौडेलले गरेका थिए ।

You might also like

Comments are closed.