पोखरा । इजी ग्रुप्सको ११ औं वार्षिकोत्सवको अवसरमा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। आज बाट स्थापना भएको इजी ग्रुप्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलबार रक्तदान कार्यक्रम आयोजना गर्दै ६२ युनिट रगत सङ्कलन गरेको हो।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की प्रमुख अतिथि रहेका थिए । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवाका अर्जुन ज्ञवाली, अधिकृत विक्रेता संघ पोखराका अध्यक्ष मनोज श्रेष्ठ, आकस्मिक रक्तदान युनिट पोखराका अध्यक्ष हरिशचन्द्र शर्मा र पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्य विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै इजी ग्रुप्सका अध्यक्ष राम कँडेलले व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले यो रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले संस्थाको स्थापना कालदेखि नै व्यवसायिक क्षेत्रमा सशक्त उपस्थिति जनाउँदै सामाजिक कार्यहरूमा समेत निरन्तर योगदान पु¥याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा यस्ता जनहितका कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
इजी ग्रुप्स अन्तर्गत इजी फ्यासिलिटिज प्रालि इजी ट्रेडिङ प्रा.लि., चौतारी बुटिक होटल, राष्ट्रिय पोशाक घर, चौतारी इन्टरनेसनल, गोर्खाल्यान्ड सेक्युरिटी ग्रुप लगायतका कम्पनीहरू सञ्चालनमा रहेका छन्। हाल इजी ग्रुप्समा करिब १००० बढी कर्मचारीहरू आबद्ध रहेका छन्। समूहले हस्पिटालिटी, सेवा व्यवस्थापन, ट्रेडिङ, सेक्युरिटी सेवा, गार्मेन्ट्स तथा अन्तर्राष्ट्रिय व्यापार लगायत विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आएको छ।
रक्तदान कार्यक्रममा पोखरा ब्लड बैंकको प्राविधिक टोली तथा विभिन्न संघसंस्थाहरूको सहकार्य रहेको थियो। वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा इजी ग्रुप्स परिवारका कर्मचारी, उद्योगी व्यवसायी, विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व, शुभेच्छुक तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सफलतापूर्वक सम्पन्न उक्त कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, अतिथि, कर्मचारी तथा सहकार्य गर्ने सम्पूर्ण संघसंस्थालाई इजी ग्रुप्स परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
Comments are closed.