बोधी होम्सले भैरहवामा बनाउँदैछ आकर्षक हाउजिङ, विशेष छुटमा बुकिङ खुल्ला

भैरहवा । बोधी होल्डिङसद्वारा सञ्चालित बोधी होम्सले लुम्बिनीको भैरहवास्थित वसन्तपुरमा आकर्षक हाउजिङ निर्माण गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले ५ बिगा जमिनमा हाउजिङको काम सुरु गरिसकेको छ । पहिलो फेजमा १०४ वटा घर बन्ने प्रवन्ध निर्देशक दिनबन्धु पोखरेलले आर्थिक आवाजलाई जानकारी दिए ।

४ र ५ वटा बेड रुमका घरहरु बनाउन लागिएको पोखरेलले बताए । ‘पोखरा, काठमाडौंका क्षेत्रका हाउजिङमा पाउने सम्पूर्ण सेवा सुविधा भैरहवामा बन्ने बोधी होम्समा प्राप्त हुनेछ,’ उनले भने । जिम, स्विमिङ पुल, पार्किङ, कम्युनिटी हल, सिसी क्यामरा कभरेज, ब्याडमिन्टन कोर्ट, २४ सै घन्टा सेक्युरिटी, साउना र स्टिम बाथ लगायत आवश्यक सम्पूर्ण सेवा हाउजिङमा प्राप्त हुने उनले बताए ।

आकर्षक डिजाइनमा बन्ने घरहरु धेरैको रोजाईमा पर्नेमा लगानीकर्ताहरुको विश्वास छ । ‘सम्पूर्ण सेवा सुविधा उपलब्ध हुने गरी व्यवस्थित आवास निर्माणमा हामी जुटेका छौं,’ पोखरेलले भने, ‘राम्रो स्पेसमा आकर्षक डिजाइनका घरहरु बन्दैछन् ।’ घरको मूल्य पनि निकै सस्तो रहेको उनले बताए । नयाँ वर्षको अवसरमा विशेष छुटमा १ करोड ६० लाख रुपैयाँदेखि १ करोड ९० लाख रुपैयाँमा घरहरु बुकिङ भइरहेको पोखरेलले जानकारी दिए ।

पहिलो चरणको काम सकेपछि बोधी होम्सले दोस्रो चरणमा थप ९ बिगा जमिनमा २ सय घर बनाउने तयारी गरेको छ । कम्पनीमा प्रवन्ध निर्देशक पोखरेलसहित अध्यक्ष जलेश्वर पाण्डे सञ्चालकहरु दीपक पाण्डे, प्रमोद यादव, छविलाल कुँवर र रवीन्द्र कुँवरको संयुक्त लगानी छ । कम्पनीले यस अगाडि होटल, हाउजिङ, बैंकिङ लगायत विभिन्न प्रोजेक्टमा काम गरिसकेको छ ।

You might also like

Comments are closed.