बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल एशियातिकमा विशेष छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिक (Hotel AsiaTique) बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट POS तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकलाई २०% सम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल एशियातिक्वले एयरपोर्ट रोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

jutta mela

 

You might also like

Comments are closed.