बैंक अफ काठमाण्डूद्वारा विश्व वित्तीय सप्ताहमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) २०२२ को सन्दर्भ पारेर बैंक अफ काठमाण्डू लिमिटेडले मुलुकभर विभिन्न स्थानहरुमा ७ दिन (२१–२७ मार्च २०२२) वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको छ ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा बैंकका प्रतिनिधिहरु विभिन्न स्कुल तथा कलेजहरुमा गई कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरुलाई बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरेका थिए । कार्यक्रमले विद्यार्थीको वित्तीय तथा बैंकिङ साक्षरता सचेतना अभिबृद्धिमा सहयोग पुगेको विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.