पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको पहलमा बोन म्यारो ( Bone Marrow )रोगबाट उपचाररत तनहुँ म्याग्दे–५ निवासी पदम थापाका लागि संकलित आर्थिक सहायता रकम औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
मंगलबार बिहान आयोजित कार्यक्रममा संस्थाले संकलित रकम पदम थापाका श्रीमती बिन्दु थापालाई प्रदान गरेको हो । यस अघि, WADA का पदाधिकारी, अध्यक्ष, सचिव, बोर्ड सदस्य, उद्योगी–व्यवसायी तथा अन्य दाताहरूको सहानुभूति र उदार मनले सहयोग रकम संकलन गरिएको थियो ।
संस्थाले मानविय सेवामा साथ दिनुहुने सबै दाताप्रति उच्च सम्मानका साथ धन्यवाद प्रकट गरेको छ । सहयोग रकम हस्तान्तरणसँगै थापा परिवारले उपचार प्रक्रियामा आवश्यक आर्थिक राहत पाएको बताइएको छ । एसोसिएसनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।



Comments are closed.