काठमाडौं । विश्वभरका प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित टिकटकले नयाँ गाइडेड मेडिटेसन सुविधा सार्वजनिक गरेको छ। यो इन-एप टुल प्रयोगकर्ताहरूलाई निद्रा सुधार, तनाव न्यूनीकरण र भावनात्मक सन्तुलन कायम गर्न सहयोग पुर्याउने उद्देश्यले ल्याइएको हो।
यससँगै, टिकटकले $२.३ मिलियन बराबरको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेशन फन्ड’ को पनि घोषणा गरेको छ, जसको माध्यमबाट २२ देशका ३१ मानसिक स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै विश्वसनीय सामग्री उत्पादनलाई सहयोग गरिनेछ।
सबै उमेर समूहका प्रयोगकर्ताका लागि सुविधा
टिकटकले पहिलेबाट सञ्चालनमा रहेको Sleep Hours फिचरलाई विस्तार गर्दै ‘गाइडेड मेडिटेसन’ फिचर थपेको हो।
१८ वर्षमुनिका प्रयोगकर्ताका लागि यो सुविधा स्वतः सक्रिय हुनेछ। राति १० बजेपछि ‘For You’ फिडमा मेडिटेसन देखाइनेछ र स्क्रोल जारी राखेमा हटाउन नसकिने दोस्रो स्क्रिन देखिनेछ।
हालसालै गरिएको परीक्षणअनुसार ९८% किशोरकिशोरीले यो सुविधा सक्रिय राखेका छन्।
वयस्क प्रयोगकर्ताहरू भने Screen Time सेटिङमा गई यसलाई आफैंले सक्रिय गर्न सक्नेछन्।
JAMA Internal Medicine र Harvard Health का अनुसार, सुत्नुअघि १०–१५ मिनेट मेडिटेसनले निद्रा सुधार, चिन्ता घटाउने र भावनात्मक सन्तुलन कायम राख्न मद्दत गर्छ।
जनचेतना र व्यवहारमा सकारात्मक परिवर्तन
टिकटक दक्षिण एसियाकि ट्रस्ट एण्ड सेफ्टी प्रमुख आस्मा अन्जुम भन्छिन्:“नेपालजस्ता दक्षिण एसियाली मार्केटमा मानसिक स्वास्थ्यबारे कुरा गर्नु पहिले अपाच्य मानिन्थ्यो। तर अहिले धेरै मानिस खुलेर कुरा गर्न र सहयोग माग्न थालेका छन्। हामी यस सकारात्मक परिवर्तनलाई अघि बढाउन प्रतिबद्ध छौं।”
शिक्षा, सुरक्षा र सामाजिक प्रभावप्रति टिकटकको लगानी
गाइडेड मेडिटेसन सुविधासँगै टिकटकले मानसिक स्वास्थ्यका लागि निरन्तर लगानी गर्दै आएको छ।
-
अभिभावकीय नियन्त्रण उपकरण
-
शैक्षिक सामग्री
-
#GivingSzn च्यारिटी अभियान
-
STEM शिक्षा प्रवर्द्धन
-
AMBER अलर्ट जस्ता सामाजिक चेतनामूलक कार्यक्रमहरू
मनोरञ्जनसँगै सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता
प्रविधि, समुदायको सहभागिता र गैर-नाफामूलक संस्थासँग सहकार्य गर्दै टिकटकले आफूलाई मनोरञ्जन मात्र नभई सामाजिक रूपान्तरणको प्लेटफर्म को रूपमा उभ्याउने प्रयास गरेको छ।
Comments are closed.