रतुवा खोला र मावाबेतिनी खोला पुलको प्रधानमन्त्रीद्वारा उद्घाटन

 

काठमाडौं । झापास्थित रतुवा खोला पुल र मावाबेतिनी खोला पुलको उद्घाटन भएको छ । आइतबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पुलको उद्घाटन गरेका हुन् ।

यी दुवै पुलको निर्माण शर्मा एन्ड कम्पनीले गरेको हो । त्यसैगरी प्रधानमन्त्री ओलीले आइतबार नै झापाका अन्य २ वटा पक्की पुलको पनि उद्घाटन गरेका छन् । आइतबार नै प्रधानमन्त्री ओलीले झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्याससमेत गरेका छन् ।

jutta mela

You might also like

Comments are closed.