बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर पोखरामा (विशेषतासहित)

पोखरा । सुजुकी टु ह्वीलर्सको आधिकारिक बिक्रेता हिमालय अटो वल्र्ड पोखराले बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर आइतबारबाट औपचारिक रुपमा बिक्री वितरण सुरु गरेको छ । सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो । हाल विश्वका प्रायः जसो सबै देशहरुमा यसको उपस्थिति छ ।

विश्वमा सर्वाधिक अवार्डहरु प्राप्त गर्न सफल सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । पोखरा तथा आसपासका क्षेत्रमा लक्षित गरी हिमालय अटो वल्र्डले सेल्स, सर्भिस र स्पियर्स उपलब्ध गराउँदै आएको छ ।

पश्चिमाञ्चल अटो मोबाइल्स डिलर्स एसोसिएसन (वाडा)का अध्यक्ष तथा प्रमुख अतिथि मोहन बाबु खड्काले आइतबार बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटोको बिक्री शुभारम्भ गरेका हुन् । हिमालय अटो वल्र्डका डाइरेक्टर सौरभ थापाको सभापतित्वमा कार्यक्रम भएको हो ।

jutta mela

यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ । सुजकी एक्सेस स्कुटर विगतमा नेपाल तथा पोखरामा पनि धेरै मध्यम वर्गका बीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्ने कम्पनीले जनाएको छ । एक्सेस स्कुटरमा अगाडि ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आराम्दाइ यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी छ । यसको मर्मत खर्च पनि अरु भन्दा कम आउने कम्पनीले जनाएको छ ।

हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस ६ प्रविधि जडान गरिएको छ भने एफ आई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आँकलन गर्न सकिन्छ ।

२ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको छ । यसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको छ र किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ । दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम छ । १६० एमएमको ग्राउण्ड क्लियरेन्स भएको हुँदा, यो सेग्मेन्ट मै उत्कृष्ट प्रोडक्ट रहेको कम्पनीको दावी छ । पूर्ण डिजिटल मिटरको साथमा क्लासिक स्टाईल, ईन्जिन डायग्नोसि, ब्याट्री डायग्नोसिससहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन् । हाल यसको बजार मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । यो स्कुटर सेतो, निलो, खैरो र कालो गरी चार रङमा उपलब्ध छ । सुजुकी एक्सेस स्कुटरमा बढि रुकचाइएको रङ भने निलो मानिएको छ ।

You might also like

Comments are closed.