बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनद्वारा खोप उपलब्ध गराउन माग

 

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनद्वारा गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापालाई बधाई तथा शुभकामना दिदै व्यवसायीलाई चाडो भन्दा चाडो कोभिडविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

एसोसिएसनका पदाधिकारीहरूसँगको भेटमा गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले व्यवसायीलाई दुई चारदिन भित्र नै खोप उपलब्ध हुने बताए ।

jutta mela

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीको नेतृत्वमा गएको एशोशियसनको प्रतिनिधिमण्डल सँग कुरा गर्दे मन्त्री थापाले अहिले आवश्यकता भनेको व्यवसायीलाई कोभिडविरुद्धको खोप आबस्यकता रहेको बताउदै आफु ब्यवसायी क्षेत्रबाट राजनितिमा आएको बताउदै व्यवसायीका पिरमर्का आफुले नजिक बाट बुजेको बताए । थापाले राजनितिमा दुईथरिका मान्छे हुने बताउदै व्यवसायीहरू पनि क्रमश राजनितिमा आउनुपर्ने बताए । व्यवसायीले व्यवस्थापन राम्रो गर्न सक्ने भन्दै राजनितिक तथा सामाजिक काममा समेत सफल हुन सक्ने बताए । मन्त्री थापाले आफुलाई लोभलालच केही पनि नभएको बताउदै आफुले सक्ने जति जनताको पक्षमा काम गर्ने बताए ।

भेटघाटमा एसोसिएसनका अध्यक्ष केशववहादुर खत्रीले राज्यले व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउदै अहिले कर्मचारी शिक्षक लगाएत अन्य क्षेत्रका व्यक्तीहरूले खोप पाईरहेको अवस्थामा राज्यलाई प्रत्यक्ष कर तिरेर व्यवसाय गरेका व्यवसायीलाई सरकारले खोप उपलब्ध नगराएकोमा दुःख ब्यक्त गरे ।

अध्यक्ष खत्रीले मन्त्री थापाबाट बिगतम पनि बुद्व बिशाल बजारका हरेक समस्यामा साथ र सयोग पाईरहेको बताउदै आगामी दिनमा पनि बुद्ध विशाल बजार व्यापारिक एशोशियसले मन्त्री थापाबाट एशोशियसनले अभिभावकको रूपमा साथ र सयोग पाउने आशा गरेको बताए ।

मन्त्री थापासँगको भेटघाटमा मन्त्री थापाको कार्यकालको शुभकामना सहित माला र खादा ओढाइ सम्मान गरिएको थियो ।बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका अध्यक्ष केशवबहादुर खत्रीको नेतृत्वमा गएको टोलिमा एसोसिएसनका महासचिव ईन्द्रराज अर्याल, सचिव बुद्धि कुवँर, कोषाध्यक्ष राजु के.सी  प्रेस संयोजक तथा पत्रकार मनोहरि पौडेलको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.