पोखरा । पोखराको बुद्ध विशाल बजार अबदेखि शनिबार पनि खुल्ने भएको छ । अहिलेको विषम परीस्थीतीमा पनि ग्राहकलाई सेवा दिनको लागी भए पनि बिहान ८ बजेबाट बेलुकी ८ बजेसम्म बुद्ध बिशाल बजारका सवै पसलहरु खुल्ला गरिने गरेको बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले जानकारी दिए ।
विश्वभरी नै महामारीको रुपमा देखिएको कोरनाभाइरसको प्रकोपबाट सतर्क रहन आफ्ना सदस्यलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दे कोरोनाभाइरसको प्रकोपप्रति सचेत हुँदै बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनले विशाल बजारमा प्रवेश गर्ने हरेक ग्राहकलाई अनिवार्य माक्स लगाएर मात्र प्रवेश गर्न दिएको र सम्पूर्ण व्यवसायीहरुले कोरनाभाइरसको प्रकोपबाट सतर्क रहदै सामाजिक दुरीको साथ पसल संचालन गरिएकोले ग्राहकहरूलाई ढुक्क भएर सपिङ गर्न अध्यक्ष खत्रीले आग्रह गरेका छन् ।
बुद्ध विशाल बजार व्यवस्थापन समितिका अध्यक्ष हर्क वहादुर शेरचन र बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीका बिच व्यवसायीले बुझाउने घर भाडामा ५० प्रतिशत छुट दिने सहमति भएको छ ।
बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले बुद्ध विशाल बजार व्यवस्थापन समितिले बुद्ध बिशाल बजारका व्यवसायीलाई राहतस्वरुप भाडामा ५० प्रतिशत छुट दिएकोमा धन्यवाद दिदै कोरोना महामारीबाट आर्थिक क्षेत्र अस्तव्यस्त भएको र व्यवसायीहरु मर्कामा परेको देखिएकाले व्यवसाय चौपट्ट भएको बताउँदै व्यवसायीलाई बुद्ध बिशाल बजार व्यवस्थापन समितिले झै राहात दिन पोखरा महानगरपालिका भित्रका घर बहाल लगाउने घर धनी तथा कम्पनीलाई अनुरोध गरेका छन् ।
अध्यक्ष खत्रीले भने ‘यस्तो विषम परिस्थितिमा बजार सुनसान बन्दै गएको छ भने ब्यवासयी हतोत्साही बनिरहेका छन् । यो बेला कोरोना भाइरससँग लड्दै र संकटका बेला एकले अर्कालाई साथ दिने अभियान चलाउनु पर्छ । संकटका बेला एकले अर्कालाई साथ, सहयोग र सहुलियत दिइएन भने मानवता रहन्न’ ।
बुद्ध बिशाल बजार व्यवस्थापन समितिका अध्यक्ष हर्क वहादुर शेरचनले आगामी दिनहरुमा पनि व्यवस्थापन समिति र बुद्ध बिशाल बजार ब्यापारिक एशोसियसन सँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
Comments are closed.