बीमा सर्भेयर : चुनौती र अवसर

ई. बुद्धिराज अधिकारी

घाम र पानीको कारणले छाता बनेको हो । छाताले घाम लाग्नबाट रोक्न सक्दैन न त पानी पर्ने प्रक्रियालाई नै रोक्न सक्छ । बीमा गरेको छ भन्दैमा न त क्षति हुन रोकिन्छ न त दुर्घटना हुन बाट रोक्न सकिन्छ । क्षति र पीडाले बनाएको अप्ठ्यारो परिस्थितिमा प्रत्यक्ष उपस्थित रहेर स्वतन्त्र भुमिका निर्वाह गर्दै क्षतिको निष्पक्ष मुल्याड्ढन गर्न सर्भेयरलाई आवश्यक तालिम, पेशागत मर्यादा र यसको गुणात्मक पक्षलाई सुदृढ बनाउने वातावरणको लागि प्रमुख दायित्व बिमा प्राधिकरणको काधँमा छ । बीमा व्यवसायमा भएका विकृति, विसङ्गति र बेथीतिका विरुद्घ बीमा प्राधिकरण, बीमक संघ र बीमा सर्भेयर संघ एक आपसमा नङ्ग र मासुको सम्बन्ध कायम गर्दै साझेदारी र सहकार्य गरि विकृति, विसङ्गति र बेथीतिलाई न्युनिकरण गर्दै अगाडि बढ्नु नै आजको मुलभुत आवश्यकता रहेको छ ।

बीमा सर्भेयरहरु बीमा व्यवसाय प्रवर्दन गर्ने वाहक हुन । उनीहरुको भुमिका निष्पक्ष र पारदर्शी रहनु अपरिहार्य हो, तथापि कही कतै बिमा सर्भेयरहरुलाई अपारदर्शीता एवं कमीशनको आरोप लाग्दै आएको छ । यदि यो आरोप सत्य हो भने बीमा सर्भेयरहरुले आफुलाई सच्याउनु पर्दछ, हैन भने यो आरोपलाइ चिरफार गर्न जरुरी छ । यो संस्कारले उच्च मनोवलका साथ दिगो व्यवसायको रुपमा काम गर्ने सर्भेयरलाई पनि अपजसको भागिदार बनाउदछ । अत ः सकारात्मक सोच राखी पेशाप्रति इमान्दार रहि आफ्नो कार्यमा अटुट रुपमा अगाडि बढ्दा यो आरोप मिथ्यामा परिणत हुन जान्छ । यी आरोपका बाबजुद पनि बिषम परिस्थितिमा कठिन भौगोलिक एवं जटिल मौसममा पनि सहजतका साथ निष्पक्ष कार्य सम्पादन गर्न सक्नु नै सर्भेयरको प्रशंसनीय कार्य हो ।

सम्पूर्ण बीमा कम्पनी एवंम् सर्भेयर एउटै डुङ्गामा छौ । हामी सबैको एउटै उद्घेश्य छ । बीमा व्यवसायलाई फराकिलो, गतिशील एवंम् गुणात्मक विकास गर्नको लागि पिडित बीमितलाई बीमा दावी सुरक्षित छ भन्ने भरोसा दिलाइ ढुक्क हुने वातावरण बनाउने प्रमुख दायित्व सर्भेयर र बिमा कम्पनीहरुको काधँमा छ । बीमित, बीमा कम्पनी र सर्भेयरमा एक आपसमा पुर्ण विश्वासका साथ काम गर्ने वातावरण रहेमा दावी भुक्तानी प्रक्रिया सरलीकरण हुन जान्छ । यो अभियानले बिमा कम्पनीहरु पीडितको पक्षमा छ भन्ने मान्यता स्थापित गर्दछ । बीमा क्षेत्रको विकास, बीमाको दायरा वृद्घि सगैँ बीमाको चेतना अभिवृद्घि कार्यक्रमहरु अभियानको रुपमा अगाडि बढाउनको लागि सबैको साझा प्रयास जरुरी छ ।

चुनौतीः

बीमा व्यापार वृद्घिको लागि बीमकहरु बिच आन्तरिक प्रतिस्पर्धा हुने क्रममा जारी गरीने बीमालेखमा विभिन्न त्रुटिहरु हुने हुदाँ क्षति मुल्याड्ढनको क्रममा पीडितले वास्तविक क्षति नपाउदा बीमा सर्भेयरलाई पीडित बीमितबाट आरोप प्रत्यारोपण हुने गरेको छ । यसैगरी केही बीमालेखहरु सम्पति बीमालेखको मर्म विपरित जारी हुने गरेका छन् । कतिपय अवस्थामा बीमा कम्पनीहरुले बीमितलाई आधारभुत कुराहरु पनि जानकारी नगराई बीमालेख जारी गर्दा क्षति भएको अवस्थामा बीमा दावी भुक्तानी सरलिकरण गर्न सर्भेयरलाई कठिन हुने गरेको छ । केही बीमा कम्पनीहरुले ऋब्च् उयष्अिथ जारी भइसकेको अवस्थामा स्वीकृत खबचष्बतष्यल यचमभच प्राप्त नगरी बिच समयमा भलमयचकझभलत थपघट गरिदिदाँ नेपालको सार्वजनिक खरिद नियमावलीको मर्म विपरित उयष्अिथ ष्ककगभ हुदाँ दावी भुक्तानीको समयमा सर्भेयरहरुले अनावश्यक कठिन परिस्थिति मोल्नु परेको अवस्था छ । बैंक तथा वित्तिय संस्थाहरुले बीमितको मर्म विपरित वास्तविक सम्पतिको मुल्याड्ढन नगरी बीमितलाई दिइएको ऋणलाई मात्र मध्य नजर गरी बीमांक रकम कायम गरिदिदाँ क्षति भएको परिस्थितिमा बीमित घरवार बिहिन भएको अवस्था पनि हामीहरुले देख्नु परेको छ ।

एक सिक्काको दुई वटा पाटा भने जस्तै बीमालेख जारी गर्ने क्रममा बीमितहरु पनि आवश्यक जानकारी प्राप्त गरेर मात्र बीमालेख खरिद गर्नुपर्ने हाम्रो ठम्याई छ । कतिपय बीमितहरु आफ्नो व्यापार, व्यवसायको गलत ठेगाना उल्लेख गरिदिदाँ अथवा ठेगाना परिवर्तन भइसकेको अवस्थामा बीमकहरुलाई आवश्यक समय भित्र उक्त सुचनाहरु जानकारी नगराउदाँ क्षति भएको अवस्थामा क्षतिपुर्ति पाउनबाट बन्चित भएको अवस्थाहरु छन् । यसैगरी कतिपय व्यवसायीहरु गलमभच ष्लखयष्अभ दष्ििष्लन को कारणबाट हुन आउने समस्यालाई क्षति मुल्याड्ढनको क्रममा सर्भेयरहरुलाई अनावश्यक दबाब दिने गरेका छन् ।

jutta mela

सबै बीमा कम्पनीहरु एक आपसमा एकरुपताका साथ अगाडी बढ्नुपर्ने आवश्यक देखिन्छ । बीमकहरु बिच बीमा दावी भुक्तानी प्रक्रिया आ–आफ्ना प्रचलन अनुसार गर्ने गरेको हुदाँ बीमा सर्भेयरहरुको पनि एकरुपता नभएको देखिन्छ । दावी भुक्तानी प्रतिवेदन तयार गर्ने क्रममा विभिन्न कागजपत्रहरुको अध्ययन पश्चात, आवश्यक कागजात पटक पटक चिठीपत्र मार्फत माग गर्ने क्रममा होस् अथवा बिमितले सम्पर्क नै नगरी बसेको अवस्थामा एवं बीमालेख अध्ययन गर्दा दावी नलाग्ने अवस्था भएमा सर्भेयरले दावी बन्द गरेका अधिकांश बीमा दावी प्रतिवेदनको पारिश्रमिक रकम समयमा भुक्तानी नगरिदिदाँ दिगो एवंम् व्यवसायिक रुपमा अगाडी बढेका बीमा सर्भेयरहरु निरुत्साहित भएको गुनासो आउने गरेका छन् । सम्पुर्ण बीमा व्यवसाय अनुगमन गर्ने प्रमुख नियमनकारी निकाय बीमा प्राधिकरणले आशिंक रुपमा काम गर्ने अथवा पुर्ण व्यवसायिक एवं दिगो व्यवसायको रुपमा काम गर्ने सर्भेयरहरुलाई वर्गीकरण गर्न नसक्नु पनि पूर्ण व्यवसायिक रुपमा काम गर्ने सर्भेयरलाई चुनौतिको महसुस भएको छ ।

अवसर :

विश्व बजारमा बीमाको इतिहास लामो भएता पनि नेपालमा केही दशक अगाडीबाट बैकं तथा वित्तिय संस्थाको स्थापना भएपछि व्यापार सगँसगैँ बीमा व्यवसायको थालनी भयो । क्रमबद्घ रुपमा बीमा व्यवसायको बिस्तार सगैँ निजी क्षेत्रले पनि यस व्यवसायलाई अगाडी बढाउदैँ गरेको अवस्था छ । राजनीतिक परिवर्तन एवं प्रजातन्त्रको आगमन पश्चात निजी क्षेत्रमा बीमाप्रति व्यापक आकर्षण देखियो । थप बीमा कम्पनीहरुको बिस्तार हुन थाल्यो । बजारमा बीमा कम्पनीहरुको तीव्र प्रतिस्पर्धा सगैँ बीमा व्यवसाय पनि बिस्तार भइरहेको छ । यसै क्रममा नयाँ नयाँ बीमालेखहरुको विकास हुदैँ आएको छ । छिमेकी मुलुकहरुको बीमालेख अध्ययन गर्ने क्रममा कोही चिकित्सकले उपचार गर्ने क्रममा चिकित्सकको गल्ती नभएको अवस्थामा पनि बिरामीको मृत्यु भई चिकित्सकले क्षतिपुर्ति दिनुपर्ने स्थिति सृजना भएमा व्यवसायीक बीमालेख ९उचयाभककष्यलब िष्लमझलष्तथ० लिइएको अवस्थामा बीमा कम्पनी उक्त क्षतिपुर्तिको जिम्मेवार हुने गर्दछ । यो त एउटा उदाहरण मात्र हो यदि विभिन्न पेशा गर्ने पेशाकर्मीहरुको बीमालेख बीमा बजारमा भित्र्याउन सकियो भने बीमाको दायरा फराकिलो हुन सक्छ । महा भुकम्प २०७२ पश्चात पछिल्लो समयमा बिस्तारै जनमानसमा बीमाबारे सकारात्मक धारणाहरु विकास हुन थालेको छ । ग्रामीण क्षेत्रमा पनि केही बीमा कम्पनीका कार्यलयहरु स्थापना हुन थालेका छन् । यसरी बीमा व्यवसायको समग्र विकास हुने क्रम सगैँ सर्भेयरहरु पनि गतिशील हुदै क्षमता अभिवृद्धि गर्दै आएका छन् । सर्भेयरको काम, कर्तव्य र अधिकारलाइ व्यवस्थित गर्नको लागि बीमा प्राधिकरणले पनि केही पहलहरु अगाडि बढाएमा बीमा सर्भेयरको अझ थप महत्व बढ्ने छ । बीमा सर्भेयरले पनि आफ्नो क्षमता अभिवृद्धि गर्दै आफ्नो व्यवसायलाई मर्यादित बनाउनु आजको आवश्यकता हो ।

निष्कर्ष :

जबसम्म बिमा गरेको सम्पति बीमितलाई सुरक्षित छ भन्ने महसुस हुदैँन, तबसम्म सम्पूर्ण बीमा व्यवसायको भविष्य अनिश्चित रहने छ । जो कोही बीमा व्यवसायमा आबद्घ छन् उनीहरुको भविष्य सुरक्षित महसुस गराउन निति निर्माताको ठुलो भुमिका रहने छ । जबसम्म बीमा व्यवसायको भविष्य अनिश्चित रहने छ तबसम्म पेशा, व्यवसाय, बैकं तथा बित्तिय संस्था र सम्पुर्ण नेपालीहरुको भविष्य अनिश्चित रहने छ । हामी र हाम्रा अदुरदर्शी निति निर्माताका कारणबाट यस पेशामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न जो कोहिले दुःख भोग्न नपरोस् यही नै श्री पशुपतिनाथ सगँ कामना गरौँ ।

लेखक अधिकारी बीमा सर्भेयर गण्डकी प्रदेश संयोजक हुन् ।

You might also like

Comments are closed.