कोभिड खोपलाई २६ अर्ब ७५ करोड, कोभिड उपचारलाई ३७ अर्ब ५३ करोड

काठमाडौं । सरकारले खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत यो रकम बिनियोजन गरेका हुन् ।

त्यसैगरी कोभिड उपचारका लागि सरकारले ३७ अर्ब ५३ करोड रुपैयाँ बिनियोजन गरेको छ । कोभिड महामारी रोकथाम गर्न सरकार प्रतिबद्ध रहेको अर्थमन्त्रीले बताए । सम्पूर्ण सामथ्र्यसहित कोभिड नियन्त्रण गर्न बजेट अभाव हुन नदिने अर्थमन्त्रीले बताए ।

कोभिड संक्रमित बिरामीको उपचारका लागि अक्सिजन अभाव हुन नदिने गरी बजेट बिनियोजन गरिएको उनले बताए । अक्सिजन प्लान्ट स्थापना गर्न आवश्यक सामान आयात गर्दा लाग्ने करमा सरकारले छुट दिएको छ ।

You might also like

Comments are closed.