विद्युतीय सवारीलाई प्रोत्साहन, २०८८ सम्म पेट्रोलियम गाडी विस्थापन गर्ने नीति

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । बि.सं. २०८८ सम्म पेट्रोलियम साधनलाई विस्थापन गरी विद्युतीय सवारीमा रुपान्तरण गर्ने नीति सरकारले लिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले पेट्रोलियम सवारीलाई विद्युतीयमा रुपान्तरण गर्नका लागि विज्ञसहितको कार्यदल बनाउने बताएका छन् ।

पेट्रोलियम सवारीलाई विद्युतीयमा रुपान्तरण गरेमा सडक दस्तुर लगायतका करमा छुट दिइने अर्थमन्त्री पौडेलले घोषणा गरेका छन् । विद्युतीय सवारी साधन नेपालमै उत्पादन गर्नका लागि विदेशी कम्पनीलाई आकर्षित गर्ने सरकारले नीति लिएको छ ।

jutta mela

You might also like

Comments are closed.