कनिका बजेट र निर्वाचन क्षेत्र विकासको रकम कटौती गर्न माग

 

पोखरा ।

गण्डकी प्रदेश सभामा कनिका बजेट र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट कटौती गर्न माग उठेको छ । गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङले यस्तो माग गरेकी हुन् ।

jutta mela

गण्डकी प्रदेशको विनियोजन विधेयक २०७७÷७८ को सिद्धान्त र प्राथमिकतामाथिको विहीबारको छलफलमा भाग लिदै सांसद गुरुङले साना साना कनिका झैं छरिएका बजेटले विकास र समृद्धीमा टेवा नपुग्ने भन्दै बरु त्यसलाई कटौती गर्न माग गरिन् । त्यस्तै उनले संसदीय निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि छुट्याइने रकमसमेत कटौती गर्न आग्रह गरिन् । यी दुबै कार्यक्रमको कटौती भएको रकम कोरोना महामारीबिरुद्ध लड्न उपयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।

यसअघी विहीबारको छलफलमा भाग लिदै नेकपाबाट निर्वाचित सांसद कृष्णबहादुर थापाले सांसदको तलव भत्ता ५० प्रतिशत कटौती गरेर कोरोना केन्द्रीत कार्यक्रममा हाल्न सुझाव दिएका थिए ।

You might also like

Comments are closed.