पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ८ अर्ब ५० करोड

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले ८ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत उत्त रकम बिनियोजन गरेका हुन् ।

आगामी आर्थिक वर्षभित्र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी बजेट बिनियोजन गरिएको मन्त्री पौडेलले बताए ।

त्यसैगरी गौतमबुद्ध विमान स्थललाई ३ अर्ब ५३ करोड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरउन्नति लगायतको कामलाई ६ अर्ब रुपैयाँ भन्दा बढी बजेट बिनियोजन गरिएको छ ।

You might also like

Comments are closed.