सिलगढीमा कृषि थोक बजार स्थापना हुने

डोटी ।

सरकारले जिल्ला सदरमुकाम सिलगढीमा कृषि थोक बजार स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८÷०७९ का लगि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिल्ला सदरमुकाम सिलगढीमा कृषि थोक बजार स्थापना गर्ने बताए ।

सिलगढीमा कृषि थोक बजार स्थापनाका लागि सरकारले बजेट विनियोजन गरेपछि जिल्लावासी निकै खुशी भएको स्थानीयवासी तथा सञ्चारकर्मी रोजेन्द्र जोशीले जानकारी दिए । यसैगरी सरकारले यहाँको पश्चिम सेती परियोजना, बिपीनगर–दिपायल सुरूङ मार्ग, दिपायलमा वायु गुणस्तर मापन केन्द्र स्थापना तथा प्रमुख पर्यटकीयस्थल खप्तडको विकासका लागि बजेट विनियोजन गरेको छ ।

You might also like

Comments are closed.