१६ खर्ब ४७ अर्बको लोकप्रिय बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १६ अर्ब ५७ अर्ब रुपैयाँ बराबरको लोकप्रिय बजेट ल्याएको छ । निर्वाचन घोषणा भइसकेको कामचलाउ सरकारले काम चलाउन बजेट मात्रै ल्याउनुपर्ने चौतर्फी माग उठिरहेको अवस्थामा सरकारले भने लोकप्रिय बजेट सार्वजनिक गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत कर्मचारीको तलबमा बृद्धि गरेका छन् । सबै तहका कर्मचारीको तलबमा मासिक २ हजारले बृद्धि गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले निजामति कर्मचारीले पाउँदै आएका महंगी भत्तालाई निरन्तरता दिइएको बजेट बक्तव्यमा उल्लेख गरेका छन् ।

त्यसैगरी बृद्ध भत्ता लगायत सम्पूर्ण प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धि भएको छ । बृद्ध भक्ता ३ हजारबाट बढेर ४ अर्ब पुगेको छ ।

You might also like

Comments are closed.