काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले अहिले सिंहदरबारबाट बजेट प्रस्तुत गरिरहेका छन् ।
कोरोना महामारीको समयलाई मध्यनजर गरी नागरिकहरुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गर्न लागेको अर्थमन्त्री पौडेलले बताए । सरकारले आगामी आवका लागि १६ खर्ब भन्दा बढीको बजेट प्रस्तुत गर्दैछ ।
प्रतिनिधि सभा विघटन भएकाले सरकारले यस पटक सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । बजेटसँग सम्बन्धित अध्यादेश सरकारको सिफारिसमा राष्ट्रपतिले शनिबार नै जारी गरिसकेकी छन् ।



Comments are closed.