बगभीमा जोडियो पोखरा फूड डेलिभरी, के हो बगभी ?

पोखरा । पोखरा फूड डेलिभरी पोखराको अनलाइन खाना वितरक कम्पनी होे । सन् २०१९ मा पोखरा उपत्यकामा स्थापित यस कम्पनीले एक सय १५ वटा रेस्टुरेन्टबाट खाना वितरण गर्दै आइरहेको छ । एन्ड्रोइड र आईओएस प्लेटफर्ममा उपलब्ध यस एपलाई हालसम्म ५ हजार भन्दा बढी पटक डाउनलोड गरिसकेको छ । तथ्याङ्कबाटै पनि यसको लोकप्रियताको पुष्टि भएको छ ।

यस कम्पनीको मुख्य उद्देश्य ग्राहकको गोपनीयतासँग सम्झौता नगरी आफ्नो मूल्य मान्यताका आधारमा विश्वसनीय अनलाइन सेवा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । नेपालका धेरै अनलाइन र ई–कमर्स साइटहरु नैतिकतासँगै कानूनी मुद्धाको सामना गरिरहँदा अनलाइन कम्पनीप्रतिको विश्वसनीयता माथि प्रश्न उठिरहेको छ । अनलाइन प्लेटफर्महरूको विश्वसनीयतामाथि प्रश्न उठेपछि नेपालमा यी कम्पनीको प्रयोगमा केही मात्रामा शंका व्यक्त गरिन लागेको छ ।

तर, पोखरा फूड डेलिभरी यी सबै समस्याप्रति गम्भिर बनेको छ र स्थापनाकालदेखि अहिलेसम्म यस्ता समस्याबाट मुक्तरहित रहेको बताइएको छ । ग्राहकको गोपनीयतामा सम्झौता नगरी सुरक्षित अनलाइन सेवा प्रदान गर्न सक्षम छ । पोखरा फूूड डेलिभरी ग्राहकको गोपनीयता र भरपर्दो खाना वितरण सेवा प्रदान गरी पहिलो विश्वसनीय खाना वितरक बन्न चाहेको सञ्चालकहरु बताउँछन् । यसको मुख्य लक्ष्य राम्रो सेवा र सेवाग्राहीको गोपनीयतामा ध्यान दिनु हो । त्यसका लागि पोखरा फूड डेलिभरी बगभी (BugV) मा दर्ता गरिएको छ ।

jutta mela

‘हामी अझै भरपर्दो र सुरक्षित सेवा प्रदान गर्न प्रतिबद्ध छौं,’ पोखरा फूड डेलिभरीका संस्थापक प्रसिद्ध पालिखेले भने । ग्राहकको गोपनीयता र अनुप्रयोग प्रयोग गर्नु मुख्य प्राथमिकता रहेको बताउँदै उनले भने, ‘हाम्रा ग्राहकको गोपनीयता हाम्रो मुख्य चिन्ताको विषय हो, हामी ती कुरामा सम्झौता गर्दैैनौं । ग्राहकलाई सन्तुष्टि बनाउनु हाम्रो पहिलो उद्देश्य हो ।’ रेस्टुरेन्टका सञ्चालकहरु पनि पोखरा फूड डेलिभरीको माध्यमबाट ग्राहकलाई खाना उपलब्ध गराउन पाउँदा खुसी व्यक्त गर्छन् ।

त्यसोभए, किन व्यक्तिहरू बगभीसँग दर्ता गर्दै छन् र बगभी के हो ? बगभीका संस्थापक नरेश लाम्गादेका अनुसार, ‘बगभी एक क्राउडसोर्स गरिएको सुरक्षा प्लेटफर्म हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय इथिकल ह्याकरहरूलाई एक ठाउँमा ल्याउँछ ।’ नेपालका सबै इ–वाणिज्य र अनलाइन कम्पनीहरूका लागि सुरक्षित वातावरण कायम गरी सेवा प्रदान गर्नु बगभीको लक्ष्य रहेको उनले बताए । ‘यसले उत्तम र सुरक्षित अनलाइन सेवाहरू प्रदान गर्दछ, जहाँ कम्पनीहरूले आफ्ना उत्पादनहरू प्लेटफर्ममा राख्न सक्छन्,’ उनले भने ।

नेपालमा डिजिटल प्लेटफर्मको बढ्दो संख्यासँगै ग्राहकको गोपनीयता र उनीहरूको डाटा सुरक्षा मुख्य चिन्ताको विषय बनेको छ । यी समस्याहरुलाई रोक्न र साइबर सुरक्षा मुद्धाहरूमा साबधानी अप्नाउन कम्पनीले व्यवसायको लागि प्लेटफर्म बनाएको हो । साइबर सुरक्षा विशेषज्ञका रूपमा प्रधानमन्त्रीको कार्यालयमा कार्यरत लाम्गादे साइबर सुरक्षा परामर्श प्रदान गर्न इच्छुक छन् । पाँच सयभन्दा बढी ह्याकरहरु इथिकल रुपमा बगभीमा सामेल भइसकेका छन् र यो संख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको लाम्गादेले बताए ।

पोखरा फूड डेलिभरीका संस्थापक प्रसिद्ध बगभीबाट यो सेवा पाएकोमा खुशी छन् । आफ्नो सेवालाई अधिक सुरक्षित र आफ्ना ग्राहकका लागि भरपर्दो बनाउन चाहन्छन् उनी । ‘ग्राहकको सुरक्षा र गोपनीयतामा ध्यान दिए मात्रै डिजिटल प्लेटफर्मले जनताको विश्वास प्राप्त गर्न सक्छ,’ उनले भने । बगभी नेपालमा डिजिटल प्लेटफर्महरूको साइबर सुरक्षाको लागि उत्तम समाधानको माध्यम भएकाले यसप्रति आकर्षण देखिएकोे छ ।

You might also like

Comments are closed.