व्यवसायमा महिला नेतृहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ सृजना त्रिपाठीले व्यवसायमा पाइला अगाडि बढाएकी छन् । त्रिपाठीसँगै उनका साथीहरु जुना मगर र बिमला केसीले संयुक्त व्यवसाय सुरु गरेका हुन् । उनीहरुले ललितपुरको सातदोबाटोमा द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको फ्रेन्चाइज सुरु गरेका छन् । रेष्टुरेन्टकोे सफ्ट ओपनिङ भइसकेको छ भने औपचारिक उद्घाटन भदौमा गर्ने तयारी भइरहेको त्रिपाठीले आर्थिक आवाजलाई जानकारी दिइन् ।

त्रिपाठी माओवादी केन्द्र कास्कीको सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । जुना मगर अखिल क्रान्तिकारीको विद्यार्थी राजनीतिमा आबद्ध छन् भने युवा स्वरोजगारमा काम पनि गर्दै आइरहेकी छन् । बिमला केसी राजनीतिमा प्रत्यक्ष आबद्ध नभए पनि सामाजिक काम रुचाउँछिन्, राजनीतिमा चासो राख्छिन् ।

राजनीतिसँगसँगै आफूहरु उत्पादन तथा व्यवसायमा पनि जोडिनुपर्छ भन्ने सोचका साथ बर्गर हाउसको फ्रेन्चाइजबाट व्यवसाय सुरु गरेको त्रिपाठीले बताइन् । ‘महिलाहरुको मात्रै लगानीमा व्यवसाय सुरु गर्न पाउँदा खुसी छौं,’ उनले भनिन्, ‘द बर्गर हाउसका खानेकुराहरुलाई धेरैले मन पराइरहेको सन्दर्भमा यसको फ्रेन्चाइज लिएका छौं । हाम्रो रेष्टुरेन्टमा धेरैको आकर्षण बढ्नेमा हामी विश्वस्त छौं ।’

jutta mela

एक पटकमा १ सय १० जनाले खान मिल्ने गरी रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको त्रिपाठीले जानकारी दिइन् । द बर्गर हाउसको मेनुमा उपलब्ध सम्पूर्ण खानेकुरा सोही क्वालिटीमा आफूहरुले ग्राहकलाई उपलब्ध गराउने जुना मगरले बताइन् । छिट्टै होम डेलिभरी सेवा सुरु गर्ने उनीहरुको तयारी छ । पहिलो व्यवसायलाई स्थापित गरेपछि कृषि लगायत अन्य व्यवसायमा पनि अगाडि बढ्ने आफूहरुको सोच रहेको अर्की सञ्चालक बिमला केसीले बताइन् ।

You might also like

Comments are closed.