बागमती प्रदेशमा नयाँ भाडादर , कात्तिक १ गतेदेखि लागु हुने

 

बागमती । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको जनाएको छ । प्रदेश सरकारले काठमाडौं उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले लागू गरेको भाडादरअनुसार काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किमी दूरीसम्मको भाडा रु १८ कायम गरिएको छ । दश किमीसम्मको रु २३, १५ किमीसम्मको रु २७, २० किमीसम्मको रु ३० र २० किमीभन्दा माथिको रु ३५ कायम गरिएको बताइएको छ ।

त्यस्तै भाडामा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म रु पाँचका दरले सरसामान वा गुन्टा साथमा लैजाने पाउने कायम गरेको जनाइएको छ । मन्त्रालयका सचिव अशोक शाहद्वारा जारी विज्ञप्तिमा उक्त भाडादर यही कात्तिक १ गतेदेखि लागू हुने बताइएको छ ।

You might also like

Comments are closed.