सन् २०२१ मा विवाइडीका इनर्जी प्यासेन्जर भेइकल झण्डै ६ लाख बिक्री

काठमाडौं । विद्युतीय सवारी उत्पादन गर्दै आइरहेको विवाइडी चाइनाले एक वर्षमा झण्डै ६ लाख इनर्जी प्यासेन्जर भेइकल बिक्री गर्न सफल भएको छ । सन् २०२१ मा विवाइडीले ५ लाख ९३ हजार ७ सय ४५ वटा विवाइडी प्यासेन्जर भेइकल बिक्री गर्न सफल भएको हो ।

गत डिसेम्बरमा मात्रै विवाइडीका ९२ हजार ८ सय २३ वटा विवाइडी प्यासिन्जर कार बिक्री भएका थिए । चिनीया ब्राण्ड विवाइडी इलेक्ट्रोनिक भेइकलको क्षेत्रमा प्रशिद्ध ग्लोबल ब्राण्ड बन्न सफल भएको छ ।

नेपालमा पनि विद्युतीय सवारी विवाइडीप्रति ग्राहकको आकर्षण बढेको छ । विवाइडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकका अनुसार २०२१ मा नेपालमा करिब १ सय २० वटा विवाइडी बिक्री भएका छन् ।

jutta mela

नेपालमा विवाइडीको मुख्य शोरुम नक्सालमा छ । नारायणचौरमा मुख्य शोरुम बन्दैछ । नेपालमा इटहरि, बिर्तामोड, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, ललितपुर र भक्तपुरमा डिलर नेटवर्क विस्तार भइसकेको छ । नेपालमा २०१७ बाट बिक्री विवाइडी बिक्री भइरहेको छ ।

पछिल्लो समय नेपाली बजारमा विवाइडीका विद्युतीय गाडीको माग बढ्ने क्रम रहेको साइमेक्स इंकका प्रवन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् । विवाइडीको इ–६, एम थ्रि भ्यान, टी थ्रि भ्यान नेपाली बजारमा बिक्री भइरहेका छन् । एम थ्रि भ्यान ५ र ७ सिटरमा उपलब्ध छ ।

You might also like

Comments are closed.