काठमाडौं । बिवाइडी विद्युतीय गाडीको लागि नेपालको आधिकारिक बितरक साइमेक्स इंक प्रालि र एभरेष्ट बैंकबीच सहकार्यको सम्झौता भएको छ । बिवाइडी गाडीका ग्राहकलाई एभरेष्ट बैंकबाट सहज रुपमा बैंकिङ सेवा प्रदान गर्ने गरी दुई पक्षबीच सम्झौता भएको हो । सम्झौतासँगै बिवाइडी गाडी खरिद गर्ने ग्राहकहरु बैंकिङ सेवामा प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।
सम्झौतासँगै बैंकले बिवाइडीका ग्राहकलाई सहज रुपमा ८० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ । २० प्रतिशत डाउनपेमेन्टमा विशेष छुटसहितको कर्जा सुविधाबाट बिवाइडी गाडी खरिद गर्न पाउँदा ग्राहकहरु लाभान्वित हुनेमा आफूहरु विश्वस्त रहेको प्रालिका प्रवन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् । ‘बैंकसँगको सम्झौताले बिवाइडीका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुनेमा हामी विश्वस्त छौं,’ उनले भनिन् । एभरेष्ट बैंकका देशभर रहेका शाखाबाट बिवाइडीका ग्राहकले फाइनान्स सुविधा लिन सक्नेछन् । सेवा शुल्कमा पनि विशेष छुट प्रदान हुने जनाइएको छ ।
बिवाइडीले नेपाली बजारमा हालै एट्टो ३ गाडी सार्वजनिक गरेको छ । उक्त गाडी देशभरबाट बुकिङ भइरहेको कम्पनीले जनाएको छ । बिवाइडी इ६ पनि नेपाली बजारमा लोकप्रिय छ ।
र यो पनि
Comments are closed.