पोखरा । पोखरामा चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स (बिवाइडी)को सर्भिस सेन्टर सञ्चालनमा आएको छ । पोखराका लागि बिवाइडीको आधिकारिक बिक्रेता प्लगइन अटोमोबाइल्सले पोखरामा सर्भिस सेन्टर संचालन सुरु गरेको प्लगइन अटोमोबाइल्सका जनरल म्यानेजर कृष्णराज काफ्लेले जानकारी दिए ।
पर्यटकीय सहर पोखरामा अब बिवाइडीको बिक्रीपछिको सेवा सुरु गर्न पाउँदा खुसी लागेको कम्पनीका प्रवन्ध निर्देशक ओम उपाध्यायले बताए । हाल पोखरा र आसपासमा बिवाइडीको ई-सिक्स, एम थ्री र १५० किलोवाटको एटो ३ सडकमा देख्न सकिन्छ ।
कम्पनीले उत्तम चोकमा रहेको सोरुममा चार्जिङ सेन्टरसमेत सञ्चालनमा ल्याएको छ । कम्पनीले गत कात्तिकको पहिलो साता पोखरामा बिवाइडीको एटो ३ लन्च गरेको थियो । हाल बिवाइडीको ई-६, एम-३ र १५० किलोवाटको एटो-३ गाडी उपलब्ध छन् ।
बिवाइडी सय किलोवाटको एटो–३ को बुकिङ भने खुला छ । सय किलोवाट क्षमताको एटो–३ को मूल्य ६४ लाख ९० हजार रूपैयाँ तोकिएको छ । अल्ट्रा सेफ ब्लेड ब्याट्री रहेको यो गाडी ५० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दाबी छ । फुल चार्जमा ४२० किलोमिटर दूरी कुद्न सक्ने कम्पनीको दाबी छ ।
बिवाईडी एटो–३ मा ७ एयरब्याग, एउटा प्यानोरामिक सनरूफ छ । कम्पनीकाअनुसार यसमा मोबाइल फोन वायरलेस चार्जिङ, विद्युतीय कन्ट्रोल टेलगेट, विद्युतीय रूपमा सिट समायोजन, भ्वाइस कन्ट्रोल, एलर्डडी हेडल्याम्पजस्ता विशेषता छन् । यो गाडी मार्च १५ देखि ग्राहकलाई डेलिभरी कम्पनीले जनाएको छ ।
बिवाइडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालि हो ।
Comments are closed.