बिवाइडीका गाडी खरिद गर्न प्रभु बैंकले कर्जा दिने

काठमाडौं ।  बिवाइडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रा.लि. ले बिद्युतीय सवारीको सहज फाइनान्सिङको लागि प्रभु बैंकसंग वित्तिय सम्झौता गरेको छ ।

साझेदारीले ग्राहकहरूलाइ BYD ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न सजिलो कर्जा प्रदान गर्ने लक्ष्य राखेको छ । विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न प्रभु बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा BYD  ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो ।

साइमेक्स इंक प्रा.लि. का प्रमुख बित्त अधिकारी मेमन धौगाडा भन्छन “BYD विश्वभर दिगो र किफायती यातायात
समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ । प्रभु बैंक संगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु
माझ थप पहुँचयोग्य बनाउँन मद्दत गर्नेछ ।”

jutta mela

BYD बिभिन्न मोडलहरुका बिद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका बिद्युतीय
सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन । नेपालमा बिद्युतीय सवारी साधनको बढ्दो मागसंगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवर्धन गर्न मद्दत गर्नेछ ।

प्रभु बैंकका उपभोक्ता बैंकिङ प्रमुख वीरेन्द्र भट्ट भन्छन“ प्रभु बैंकमा, हामी दिगो विकासलाई समर्थन गर्न प्रतिबद्घ छौं । द्यथ्म् संगको हाम्रो साझेदारीले हामीलाई बिद्युतीय सवारी साधनमा स्विच गर्न चाहने ग्राहकहरुको आवश्यकता अनुरुप वित्तिय समाधानहरु प्रदान गर्न सक्षम बनाउनेछ ।”

यस सहकार्य पश्चात्प्रभु बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि BYD डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंक लिमिटेडबाट सजिलै ८०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन्साथै सो कर्जा ५ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको छ । प्रभु बैंकका देश भर ३६५ शाखा, ७१ एक्सटेन्सन काउन्टर र ३०९ ATM  नेटवर्क छन ।

साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी BYD Atto 3 ( रु ६४.९० लाख), नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने BYD All –New e6 (रु. ५९ लाख) मा बजारमा उपलब्ध गराउँदैछ । केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरैलन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी BYD ATTO 3 रु. १२.९८ लाख वा BYD All New e6 मात्र रु ११.८० लाखमा खरिद गर्न सक्नेछन् ।

You might also like

Comments are closed.