‘बिल्डीङ ड्रिम्स एण्ड फरेष्ट’ सिएसआरको पहलमा विवाइडीको आयोजनामा वृक्षरोपण

काठमाडौं । नेपालमा विवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले विश्व वातावरण दिवसको अवसरमा १५०० विरुवा रोपेको छ । ‘बिल्डीङ ड्रिम्स एण्ड फरेष्ट’ परियोजनाको सहयोगमा वृक्षरोपण गरिएको हो । अभियानले काठमाण्डौंको चखण्डोल सामुदायिक वनको क्षेत्रलाई पुनरुत्थान गर्दा विवाइडी भिजन ‘कुल द अर्थ वाई वान डिग्री’ दृष्टीकोणसंग मेल खान्छ ।

साइमेक्सले रणनीतिक स्थानमा १५०० रुख रोपेर पुनरुत्थानमा योगदान गर्न अगाडि बढिरहेको छ ।  प्रदुषणको प्रतिकुल प्रभावलाई कम गर्न प्रयास गरेको बताइएको छ ।

‘बिल्डीङ ड्रिम्स एण्ड फरेष्ट’ अभियानलेक्षरोपणको लागि मियावाकी प्रविधीको प्रयोग गर्दै समग्र र प्रभावकारी वृक्षरोपणको प्रकृया
सुनिश्चित गर्नेछ । यो दृष्टिकोण घना र बिविध खालको रुखहरुको बृक्षारोपण गरि चखण्डोल सामुदायिक वनको समुन्नत विकासको लागि बढावा दिने साइमेक्स इंकले जनाएको छ ।

jutta mela

वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतोले अभियानको सुरुवातको प्रतीकका रुपमा पहिलो बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

साइमेक्स इंककोे विश्व वातावरण दिवसको कार्यक्रममा ग्राहक, पर्यावरणबिध, सरकारी प्रतिनिधी र बिवाइडी नेपालका ब्राण्ड एम्बेसडर
हरिवंश आचार्य लगायत उपस्थित थिए । वातावरण संरक्षणमा साझा समर्पणको प्रतिनिधित्व गर्ने करिब २०० रुखको औपचारिक रोपण गरि कार्यक्रमको समापन भएको थियो भने बाँकी १३०० रुखहरु आगामी १५ दिन भित्रमा रोप्ने तालिका रहेकोबताइएको छ ।

‘बिल्डीङ ड्रिम्स एण्ड फरेष्ट’ अभियानमा सहभागी हुन पाउँदा र चखण्डोल सामुदायिक वन पुनस्र्थापनाको सामूहिक प्रयासको साक्षी हुन
पाउँदा म गौरवान्वित छु । म दिगो पहलहरुको शक्तिमा विश्वास गर्छु जसले वायु प्रदुषण विरुद्घ लड्ने मात्र होइन , हरियाली र स्वस्थ भविष्य पनि सिर्जना गर्दछ । आउनुहोस एक पटकमा एक रुख गरी, हात मिलाएर वातावरण संरक्षण तर्पm हाम्रो यात्रा जारी राखौं ।” नेपालका लागि विवाइडीका ब्राण्ड एम्बेसडर हरिवंह आचार्यले भने ।

साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले चखण्डोल सामुदायिक वन क्षेत्रको पुनस्र्थापना गर्ने यस महान प्रयासमा समुदायसंग मिलेर काम गर्न पाउँदा आफुहरु हर्षित बताइन् । साइमेक्स इंक “दिगो अभ्यास र सामुदायिक संलग्नताको लाभ उठाएर हामी
काठमाण्डौंका जनताका लागि हरियाली र स्वस्थ वातावरण सिर्जना गर्ने लक्ष्य राख्छौं ।”

अभियानमा रोपिएका १५०० बिरुवा चखण्डोलमा पाइने विरुवा हुन् र मोडना रिसर्च नर्सरी , कागेश्वरी मनोहरामा हुर्काएको हो । वन बीउ प्रयोगशाला तथा भण्डार केन्दले बिरुवाको बीउका लागि सहकार्य गरेको हो ।

विश्व वातावरण दिवसमा साइमेक्स इंकको ‘बिल्डीङ ड्रिम्स एण्ड फरेष्ट’ अभियानले हाम्रो वातावरण संरक्षण र दिगो भविष्यको लागि
आवश्यक सामूहिक प्रयासको उदाहरण दिने र संस्था सकारात्मक प्रभाव पार्नप्रतिवद्ध रहेको बताइएको छ । र साझेदारी र सामुदायिक संलग्नता मार्पmत यसले अरुलाई पनि यस प्रकार कार्य गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ ।

You might also like

Comments are closed.