काठमाडौंको सोल्टी मोडमा बिवाइडी गाडीको नयाँ शोरुम

काठमाडौं । काठमाडौंको सोल्टी मोडमा बिवाइडी गाडीको नयाँ शोरुम सञ्चालनमा आएको छ । आइतबार घटस्थापनाको दिन एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरिएको हो । प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले शोरुमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै सांसद विराजभक्त श्रेष्ठले नेपालमा बिद्युतीय गाडीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

बिवाइडीको आधिकारिक वितरण साइमेक्स इंक प्रालिका प्रवन्ध निर्देशक यमुना श्रेष्ठले नेपालमा विद्युतीय सवारी साधनमा आकर्षण बढेको र बिवाइडी लोकप्रिय ब्राण्ड बन्न सफल भएको बताइन् । ‘हामी ग्राहकको सेवामा सधैं समर्पित छौं,’ उनले भनिन् ।

नेपालमा बिवाइडीको अट्टो ३, डल्फिन, इ ६ बिक्रीका लागि उपलब्ध छन् । पुराना जुनसुकै ब्राण्डका गाडीहरु एक्स्चेन्ज गरी नयाँ बिवाइडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

अत्याधुनिक सुविधा र चार्जिङ स्टेशन बिवाइडीले प्राथमिकतामा राखिरहेको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.