बिवाइडी एशिया प्यासिफिक अटो सेल्स डिभिजन महाप्रबन्धकले गरे नेपाल भ्रमण

काठमाडौं । बिवाइडी एशिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाङले नेपाल भ्रमण गरेका छन् । उनले यही ४ देखि ६ सम्म नेपाल भ्रमण गरेका हुन् । उनको टोलीले नक्साल र पुल्चोकमा रहेको बिवाइडी शोरुम र गुहेश्वरीमा रहको बिवाइडी सर्भिस सेन्टरको अवलोकन समेत गरेको छ ।

नेपाल भ्रमणका क्रममा उनले नेपालको अटो बजारमा चासो व्यक्त गरेका छन् । विद्युतीय गाडीहरुमा संसार भर आकर्षण बढेको र नेपालमा पनि विद्युतीय गाडीको माग बढ्नु राम्रो पक्ष रहेको उनको प्रतिक्रिया छ ।

jutta mela

बिवाइडीका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता साइमेक्स इंंक प्रालिले आयोजना गरेको ‘बिवाइडी एसिया प्यासिफिक नेपाल स्ट्राटेजी समिट’मा समेत उनको सहभागिता रह्यो । नेपालमा आयोजित यो शिखर सम्मेलनले बिवाइडीको नेपाल यात्रालाई थप बलियो र ग्राहकमैत्री बनाउने विश्वास गरिएको छ ।

साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले लिउ जुलियाङको नेपाल भ्रमण सफल र फलदायी भएको बताए ।

You might also like

Comments are closed.