कुपण्डोलमा खुल्यो बिवाइडीको नयाँ सर्भिस सेन्टर, बिक्री पछिको सेवामा प्राथमिकता

काठमाडौं । बिवाइडी गाडीको लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले बिक्री पछिको सेवालाई प्राथमिकता दिदै सर्भिस सेन्टर स्थापनालाई तिब्र बनाएको छ । यसैक्रममा कम्पनीले ललितपुरको कुपण्डोलमा नयाँ सर्भिस सेन्टर स्थापना गरेको छ ।

शुक्रबार एक कार्यक्रमबीच सर्भिस सेन्टरको स्थापना गरिएको छ । यो सँगै बिवाइडीको सर्भिस सेन्टर ११ वटा पुगेको छ । थप ४ वटा सर्भिस सेन्टर निर्माणाधीन रहेको र छिट्टै सञ्चालनमा आउने सिइओ साहिल श्रेष्ठले जानकारी दिए । बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रियस्तरका सर्भिस सेन्टरहरु स्थापना गरिएको कम्पनीले जनाएको छ ।

नेपालमा विद्युतीय गाडीमा आकर्षण बढेको छ । विद्युतीय गाडीमा पनि बिवाइडी नेपाली बजारमा पहिलो रोजाईमा पर्दै आइरहेको छ । नेपालमा बिवाइडीको अट्टो ३, अलन्यु इ६, डल्फिन र सिल गाडी उपलब्ध छन् ।

You might also like

Comments are closed.