कालिमाटीमा दुई पकेट फरेस्ट निर्माणका लागि बीवाईडीले गर्यो ५५० वृक्षरोपण

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालिमाटीस्थित दुई पकेट फरेस्टमा ५५० वृक्षरोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत बीवाईडीले द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं. १३ सँगको सहकार्यमा सो वृक्षरोपण अभियान सम्पन्न गरेको हो ।

सो अवसरमा मिस नेपाल २०२४ का प्रतियोगीहरुले समेत उत्साहजनक रुपमा सहभागिता जनाएका थिए । जसले अभियानको प्रभाव र पहुँच बढाउन थप भूमिका खेलेको विश्वास गरिएको छ । अर्थपूर्ण वातावरणीय परिवर्तनका लागि सामुदायिक साझेदारीको शक्तिलाई यसले संकेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका लागि आगामी तीन वर्षसम्म सावधानीपूर्वक हेरचाह र सम्भार गरिने साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठले जानकारी दिए । प्रदूषणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा हरित र स्वस्थकर सहरी वातावरण निर्माण गर्नमा साइमेक्सको प्रतिबद्धता जनाएको छ ।

कालिमाटीमा अवस्थित बीवाईडी पकेट फरेस्टको प्रभाव दीर्घकालीन रुपमा रहने विश्वास गरिएको छ । यसबाट ५ वर्षपछि २९५ टन अक्सिजन उत्पादन हुुनेछ भने १११ टन कार्बन स्टोर हुने बताइएको छ । १० वर्ष पछि ५९१ टन अक्सिजन उत्पादन हुने र २२२ टन कार्बन स्टोर हुनेछ भने २० वर्ष पछि ११८२ टन अक्सिजन उत्पादन हुने र ४४३ टन कार्बन स्टोर हुने बताइएको छ ।

‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट अभियान अन्तर्गत कालिमाटीमा सफलतापूर्वक ५५० वृक्षरोपण गरेकोमा हामी उत्साहित भएका छौं,’ श्रेष्ठले भने, ‘यो पहल वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा हाम्रो समर्पणको प्रमाण हो ।’

वृक्षरोपण गरेका दुई पकेट फरेस्ट समुदायका लागि शीतलताको स्रोत तथा सयौं चरा र हजारौ किरा फट्याङग्राहरुको बासस्थान हुने द रिभोलुसन प्रोजेक्टका को–फाउन्डर आयुष देव पन्तले बताए । ‘बीवाईडी र द हिडन ट्रेजरको टिमसँग मिलेर यो प्रभाव सिर्जना गर्न पाएकोमा हामी धेरै आभारी छौ,’ उनले भने ।

वृक्षरोपणमार्फत समग्र र प्रभावकारी वन जंगल निर्माण सुनिश्चित गर्दै द रिभोलुसन प्रोजेक्टले दिगो मियावाकी प्रविधिको प्रयोग गरेको छ । घना र विविध वृक्षरोपणको विशेषता सहितको यो दृष्टिकोण द रिभोलुसन प्रोजेक्टको हो र यसले कालिमाटीमा अवस्थित दुई बीवाईडी पकेट फरेस्टमा एक सम्पन्न इकोसिस्टम विकासमा भूमिका खेल्ने छ ।

अभिनव र प्रभावकारी पहलद्वारा दिगो भविष्य निर्माणका लागि साइमेक्स सदैव प्रतिबद्ध रहने विज्ञप्तिमा उल्लेख छ ।

lcci
You might also like

Comments are closed.