नाडा अटो शोमा ७७० वटा बिवाइडी बुकिङ, अट्टो ३ र डल्फिनमा आकर्षण

काठमाडौं । ‘नाडा अटो शो २०२४’ मा विद्युतीय गाडीतर्फ दर्शकहरुको अत्याधिक आकर्षण देखियो । नेपालमा विद्युतीय गाडी आयातकर्ता रहेका कम्पनीहरुले झकिझकाउ तथा आकर्षक स्टलसहित आआफ्ना गाडीका ब्राण्ड प्रदर्शनीमा राखे ।

आकर्षक अफरसहित गाडीहरुको बुकिङ खुल्ला गर्नमा कम्पनीहरुबीच तिब्र प्रतिस्पर्धा नै रह्यो । विभिन्न कम्पनीहरु मध्ये गाडी बुकिङमा आफूलाई अब्बल स्थापित गर्न बिवाइडी सफल भएको छ ।

नेपालका लागि बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक्क प्रालिका अनुसार ६ दिनसम्म चलेको नाडा अटो शोमा ७७० वटा बिवाइडी गाडी बुकिङ भएका छन् । बुकिङ भएका मध्ये २७३ वटा डल्फिन र ४९७ वटा अट्टो ३ छन् ।

बुकिङ भएका गाडीहरु ग्राहकलाई छिट्टै हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । आइतबार अटो शो सम्पन्न हुँदासम्म यो संख्यामा बिवाइडी बुकिङ भएको हो । बिवाइडीप्रति धेरै दर्शकको आकर्षण देखिएको र अटो शोमा अवलोकन गर्नेहरु धेरैले शोरुममा आएर बिवाइडी खरिद गर्ने प्रतिबद्धता समेत जनाएको बताइएको छ

lcci
You might also like

Comments are closed.