नेपाली बजारमा बिवाइडी क्रेजः एकैदिन १३२ युनिट डेलिभरी

काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी डेलिभरी गरेको छ । एकैदिन सय भन्दा बढी युनिट गाडी डेलिभरी गर्दै कम्पनीले बिवाईडीप्रतिको बढ्दो क्रेसलाई पुष्टि गरेको छ । ‘एकैदिन १३२ बिवाईडी डेलिभरी हुनु महत्वपूर्ण उपलब्धि हो,’ कम्पनीले भनेको छ ।

दशैं शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले गाडी डेलिभरी दिएको हो । बिवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत उक्त संख्यामा गाडी डेलिभरी गरेको हो ।

अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रिक भेइकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बिवाईडीले आफूलाई ईभी बजारको नेतृत्वकर्ता कायम गरेको छ ।

jutta mela

‘एकै दिन १३२ ईभी डेलिभरी गर्न पाउनु हाम्रो लागि गर्वको दिन हो,’ साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘बिवाईडीका इलेक्ट्रिक गाडीप्रति नेपाली ग्राहकको बढ्दो विश्वासलाई प्रतिविम्बित गर्दछ भने बेस्ट इन क्लास सर्भिस उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई समेत दर्शाउँछ । यो उपलब्धि नेपालीहरुको अझै सफा र दिगो मोबिलिटी समाधानप्रतिको बढ्दो जागरुकता पनि हो ।’

देशभर बिवाईडीको बजार उपस्थिति तीव्र रुपमा बढिरहेको समयमा यो डेलिभरी गरिएको छ । पछिल्लो समयमा वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा शोरुम विस्तार गरेर बिवाईडी नेपालभर विस्तार भइरहेको छ । वातावरणमैत्री अभियान र साइमेक्स बिवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) जस्ता नवीन सीएसआर पहलमार्फत कम्पनीले इलेक्ट्रिक सवारीलाई लगातार प्रवर्द्धन गरिरहेको छ ।

शून्य उत्सर्जन इलेक्ट्रिक सवारीमार्फत नेपालको यातायात क्षेत्रलाई रुपान्तरण गर्ने बिवाईडीको लक्ष्यलाई १३२ युनिट डेलिभरीले अझै जोड दिएको छ । बिवाईडीले लगातार रुपमा गरिरहेको नवप्रवर्तनलाई साइमेक्स इंक र यसका डिलरहरुले अझै राम्रो ग्राहक अनुभव प्रदान गरेर र विश्व स्तरीय सर्भिस तथा उत्पादन उपलब्ध गराएर नेपाली ग्राहकको आवश्यकता पुरा गर्नमा प्रतिबद्धताका साथ साथ दिएका छन् ।

You might also like

Comments are closed.