बाढी पहिरो पीडितलाई बिवाइडीको बिक्रेता साइमेक्स इंकको साथ, ५१ लाख सहयोग

काठमाडौं । विद्युतीय गाडी बिवाइडीको लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले बाढी पहिरो पीडितको लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी प्रालिले ५१ लाख रुपैयाँ सहयोग गरेको हो ।

jutta mela

प्रालिका अध्यक्ष अनिल श्रेष्ठ, प्रवन्ध निर्देशक यमुना श्रेष्ठ र सिइओ साहिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग चेक हस्तान्तरण गरेका छन् ।

सामाजिक उत्तरदायित्व बहनमा अग्रणी पहिचान बनाउन सफल साइमेक्स इंकले पछिल्लो समय नेपालमा भारी वर्षासँगै गएको बाढी पहिरो पीडितका लागि सहयोग गरेको हो ।

You might also like

Comments are closed.