wada auto show

बिवाइडीले सार्वजनिक गर्यो ‘सुपर ई–प्लेटफर्म’, पाँच मिनेट चार्ज गर्दा ४ सय किमी रेन्ज

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता बिवाइडीले नयाँ नयाँ आविस्कारमार्फत संसारलाई चकित बनाइरहेको छ । पछिल्लो समय बिवाइडीले विकास गरेको चार्चिङ प्रविधि त्यसको एउटा सशक्त उदाहरण बनेको छ ।

बिवाइडीले नयाँ चार्जिङ सिस्टम हालै सार्वजनिक गरेको छ । बिवाइडीले सार्वजनिक गरेको ‘सुपर ई–प्लेटफर्म’मार्फत गाडी चार्च गर्दा निकै छिटो हुनेछ । पाँच मिनेट चार्ज गर्दा ४ सय किमी गाडी कुदाउन सकिने प्रविधिको विकास गर्न बिवाइडी सफल भएको छ ।

नेपालसहित संसारभर विद्युतीय सवारी बिक्री वितरणमा अग्रणी पहिचान बनाएको यो चार्जिङ प्रविधिले पनि धेरैलाई बिवाइडीको प्रविधिप्रति आकर्षित गर्न सफल भएको छ । मानिसहरु धेरै व्यस्त छन्, अब चार्जिङका लागि पनि धेरै समय छुट्याउन नसकिने अवस्था आउन सक्छ । व्यस्त मानिसहरुले पाँच मिनेटमै गाडी चार्ज गर्न सक्ने सुविधा पाउनु भनेको विद्युतीय गाडीका लागि नयाँ र महत्वपूर्ण इन्नोभेसन रहेको इभी पारखीहरुको भनाइ छ ।

बिवाइडीले विकास गरेको ‘सुपर ई–प्लेटफर्म’मार्फत १ हजार किलोवाटको चार्जिङ गतिमा चार्ज गर्न सकिनेछ । कम्पनीका संस्थापक वाङ चुआनफुले हालै एक कार्यक्रमबीच यो प्रणाली सार्वजनिक गरेका हुन् । पो प्रविधि टेस्लाको सुपरचार्जर भन्दा दुई गुणा छिटो हुनेछ ।

 

You might also like

Comments are closed.