wada auto show

वाडा अटो शोमा बीवाईडी ईभी किन्दा विशेष अफर

पोखरा । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ । पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ गते शुरु भएर १७ गतेसम्म चल्ने उक्त अटो शोमा बीवाईडीले दिगो यातायात समाधानको मिसनका साथ बीवाईडी डल्फिन, एट्टो ३ र एम६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ ।

बीवाईडी डल्फिन – सुरक्षित तथा स्मार्ट फेमिली कारको रुपमा परिचित बीवाईडी डल्फिनमा एड्भान्स्ड सेफ्टी, इनोभेटिभ टेक्नोलोजी र स्मुथ तथा सिटी–फ्रेन्ड्ली ड्राइभिङ एक्सपेरियन्स लगायतका विभिन्न फिचर भएर पनि अफोर्डेबल समेत रहेको छ ।

बीवाईडी एट्टो ३ – नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको रुपमा परिचित बीवाईडी एट्टो ३ नेपालका नम्बर १ एसयूभी समेत बनेको छ । सिटी ड्राइभिङ र लामो दुरीको यात्रा दुवैका लागि डिजाइन गरिएको बीवाईडी एट्टो ३ स्पोर्टी एस्थेटिक्स, पावरफुल पर्फमेन्स र एड्भान्स्ड टेक्नोलोजीयुक्त छ ।

बीवाईडी एम६ – नेपालको पहिलो प्रिमियम ७–सिटर इलेक्ट्रिक एमपीभीको रुपमा परिचित बीवाईडी एम६ स्पेसियस र लक्जरी मल्टी–परपोज भेइकल अर्थात एमपीभी हो । शून्य उत्सर्जनयुक्त ड्राइभिङको फाइदा र प्रिमियम कम्फर्ट खोज्ने परिवारका लागि यो उपयुक्त विकल्प हो ।

आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारी साधन किन्ने ग्राहकका लागि बीवाईडीले सीमित समयका लागि एक्सक्लुसिभ अफर समेत ल्याएको छ । सो अफर अन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट, १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी , १ वर्ष फ्रि इन्स्योरेन्स , १ वर्ष रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, फ्रि एसेसरिज, फ्रि होम चार्जर लगायत रहेका छन् ।

पोखराका लागि बीवाईडीको भिजन
नेपालभर इलेक्ट्रिक मोबिलिटीको प्रयोग बढ्दै गएको सन्दर्भमा बीवाईडीले विभिन्न ग्राहकको चाहना अनुरुप पोखरा र पुरै पश्चिमाञ्चल क्षेत्रमा दिगो यातायात समाधानका साथ आफ्नो उपस्थितिलाई बलियो बनाउने भिजन लिएको छ ।

वाडा अटो शो २०२५ का अवलोकनकर्ताहरुले बीवाईडीका अत्याधुनिक ईभीका साथै पछिल्लो समयमा भएका इनोभेसन तथा यसका लागि आवश्यक फाइनान्सिङ र सर्भिसका वारेमा बीवाईडी टिमबाट आवश्यक जानकारी समेत लिन सक्नेछन् ।
हरित भविष्यका लागि एक कदम अगाडि

विश्वकै नम्बर १ इलेक्ट्रिक भेइकल सेल्स च्याम्पियनको रुपमा परिचित बीवाईडीले स्थानीय पार्टनरसँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई दिगो यातायात प्रवर्धनका साथै पर्फमेन्स, सेफ्टी र अद्वितीय विश्वसनियता सहितका अत्याधुनिक इलेक्ट्रिक भेइकल उपलब्ध गराउन प्रतिबद्ध रहेको बताइएको छ ।

इलेक्ट्रिक इनोभेसनको अनुभव लिने र बीवाईडीको एक्सक्लुसिभ वाडा अटो शो अफरको फाइदा लिने अवसर कम्पनीले आग्रह गरेको छ ।

You might also like

Comments are closed.