पोखरा । अटोमोबाइल व्यवसायमा लामो समयको अनुभव संगालेका व्यवसायीद्वय सिए प्रमेश पराजुली र डिल्लीराज सुवेदी (शिशीर) बीवाईडी गाडीसँग आबद्ध भएका छन् । उनीहरुले बीवाईडी गाडीको लागि पोखरा क्षेत्रको डिलरसिप लिएका हुन् ।
बीवाईडीका लागि नेपालको आयातकर्ता साइमेक्स इंक प्रालिले यस अगाडि पोखरामा आफ्नै स्वामित्वमा सोरुम सञ्चालनमा ल्याएको थियो । बुद्धचोकमा रहेको उक्त शोरुम अब ‘स्वस्तिक इंक प्रालि’ अन्तर्गत रहनेछ ।
स्वस्तिक इंकका निर्देशकद्व पराजुली र सुवेदी अटोमोबाइल व्यवसायमा सफल व्यवसायी मानिन्छन् । नेपाली बजारमा लोकप्रिय विद्युतीय कार ब्राण्ड बीवाईडीसँग पराजुली र सुवेदी आबद्ध भएसँगै पोखरा क्षेत्रमा यो कार थप लोकप्रिय हुने विश्वास गरिएको छ ।
बिक्रीसँगै बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै गाडीहरु बिक्री गरिने र ग्राहकको विश्वासलाई थप विश्वसनीय बनाउने कम्पनीले प्रतिबद्धता जनाएको छ ।
पोखरामा बीवाईडीको अत्याधुनिक शोरुम
पोखरामा बुद्धचोकमा बीवाईडीको अत्याधुनिक शोरुम स्थापना भइसकेको छ । बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी र भिजुअल आइडेन्टिटी मापदण्ड अनुसार उक्त शोम पूर्ण रूपमा अपडेट गरिएको छ ।
कुल १२ हजार ८ सय ४५ वर्ग फिट क्षेत्रमा फैलिएको शोरुमबाट थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा प्रदान भइरहेको छ । ग्राहकलाई एकै स्थानमा सबै सेवा प्राप्त गर्ने अनुभव यो शोरुमले उपलब्ध गराउनेछ ।
साइमेक्स इंकले पोखरालाई दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार मान्दै आइरहेको छ । नयाँ शोरूम र प्रिमियम गुणस्तरका उत्पादनहरूले पोखरा क्षेत्रका ग्राहकलाई उत्कृष्ट सेवा दिन सफल हुने आयतकर्ता साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ बताउँछन् ।
नेपाली बजारमा बीवाईडीको अट्टो ३, अट्टो २, अट्टो १, सिलायन ७, एम ६, सिल, डल्फिन गाडी उपलब्ध छ । इन्ट्रीलेभलदेखि प्रिमियमसम्म सबै सेगमेन्टमा गाडीहरु उपलब्ध गराउन बीवाईडी सफल छ ।
Comments are closed.