नेपालमा बीवाईडी एट्टो १ लन्च, मूल्य २८ लाख ९५ हजारबाट सुरु

काठमाडौं ।   नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ आधिकारिक रुपमा लन्च गरेको छ । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा यो नयाँ गाडी सार्वजनिक गरिएको हो ।

डीलाई विश्वव्यापी रुपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी वा डल्फिन सर्फको नामले चिनिन्छ। कम्पनीले यसलाई नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जरु को रुपमा प्रस्तुत गरेको छ ।

वर्ल्ड कार अफ द इयर

वर्ल्ड कार अवार्ड्समा वर्ल्ड अर्बन कार अफ द इयर २०२५ को उपाधि समेत प्राप्त गरेको यो ईभीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई अगाडि राखेको कम्पनीको दाबी छ । साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठका अनुसार बीवाईडी एट्टो १ ले ईभी प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाएको छ र नेपालमा विश्वस्तरीय प्रविधि भित्र्याएको छ ।

यो एक इन्ट्री लेभल ईभी मात्र नभई कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीतर्फको क्रान्ति पनि हो,  श्रेष्ठले भने। यो अहिलेको सहरी जीवनशैली र भविष्यको हरित भविष्यका लागि डिजाइन गरिएको हो ।

विशेषता र ब्याट्री

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्री द्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी टेक्नोलोजी रहेको छ, जसले गाडीको सुरक्षालाई मजबुत बनाउँछ ।  यो गाडी नेपालमा दुई भेरियन्टमा उपलब्ध हुनेछ ।

डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिन्छ ।  यसको मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको  रेन्ज दिन्छ। यसको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

नाइमा नेपाल मोबिलिटी एक्सपोमा गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले विशेष अफर ल्याएको छ । यो अफरमा नगद छुट, एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिज र १० वर्षसम्म निःशुल्क एप कनेक्टिभिटीको सुविधा समावेश छ ।

कम्पनीले बीवाईडी एट्टो १ लाई नेपालमा सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट ईभी बन्ने अपेक्षा  गरेको छ ।  यसको लन्चसँगै नेपाललाई सफा र स्मार्ट विद्युतीय भविष्यतर्फ अगाडि बढाउने साइमेक्स इंकको लक्ष्य अझ सशक्त भएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.