बीवाइडीको बहुप्रतिक्षित प्रिमियम एसयुभी ‘सिलायन ७’ नेपाली बजारमा

काठमाडौं । बीवाईडीको बहुप्रतिक्षित एसयुभी गाडी ‘सिलायन ७’ नेपाली बजारमा उपलब्ध भएको छ । विद्युतीय गाडी बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले बिहीबार एक कार्यक्रमबीच नेपाली बजारमा सिलायन ७ लाई सार्वजनिक गरेको छ ।

गत वर्षको नाडा अटो शोमा यो गाडी शोकेस गरिएको थियो । उच्च फिसर्च सुविधासहितको यो गाडीको उपस्थितिसँगै नेपालमा बीवाईडी एसयुभीमा ग्राहकले अप्सनसमेत प्राप्त गरेका छन् । यस अगाडि नेपालमा बीवाईडीको अट्टो ३ एसयुभी बिक्री भइरहेको छ । जुन गाडी नेपाली ग्राहकमाझ लोकप्रिय बनेको छ ।

सिलायन ७ समेत नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । बिक्री सुरुवातको अवसरमा कम्पनीले विशेष छुटमा गाडी उपलब्ध गराउने भएको छ । यो गाडीको मूल्य कम्पनीले ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

सिलायन ७ मा ‘एडभान्स मल्टी लिंक सस्पेन्सन’ छ । १५.६ इन्चको रोटेटिङ टच स्क्रिनको मज्जा लिन सकिनेछ । २.१ एमएमको पानारमिक ग्लास रुफ पनि यो गाडीको आकर्षण बन्नेछ । ११ वटा एअरब्यागसहित सुरक्षा फिचर्सलाई प्राथमिकतामा राखिएको छ ।

सिलायन ७ सँगै नेपाली बजारमा बीवाईडीको एम६, अट्टो ३, सिल, डल्फिन गाडी बिक्री भइरहेका छन् ।

You might also like

Comments are closed.