काठमाडौं । चीनको प्रख्यात इलेक्ट्रिक तथा हाइब्रिड कार निर्माता कम्पनी BYD को नयाँ मोडल BYD Tang DM-i अब नेपालमा आधिकारिक रूपमा सार्वजनिक भएको छ । नेपालमा यसको बिक्री तथा वितरण गर्ने जिम्मा Greenstone Automotive Inc. लाई दिइएको छ, जसले All Cars मार्फत नेपाली ग्राहकलाई सेवा पुर्याउनेछ ।
For Drives That Matter” नारासहित बजारमा आएको यो मोडलले नेपालमा हाइब्रिड SUV सेग्मेन्टमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । जसमा हाइब्रिड पावरट्रेन पेट्रोल, ७ सिट क्षमताको लक्जरी, नवीनतम डिजाइन, आधुनिक लुक, फराकिलो इन्टेरियर र स्मार्ट इन्टेरटेनमेन्ट सिस्टम , उच्च सुरक्षा, ड्राइभिङ असिस्टेन्ट, मल्टिपल एयरब्याग र सेफ्टी फीचरहरू, पर्यावरणमैत्री प्रविधि जस्ता विशेषता रहेका छन् ।
BYD का गाडीहरू नेपालमा उपलब्ध गराउने आधिकारिक विक्रेता Greenstone Automotive Inc. ले देशभर सेवा सुविधा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । बिक्रीपछिको सेवा (After-sales Service), स्पेयर पार्ट्स उपलब्धता र ग्राहकमैत्री नीतिहरूमार्फत यसलाई अझ सहज बनाउने कम्पनीको भनाइ छ । विद्युत र हाइब्रिड गाडीप्रति बढ्दो आकर्षणका बीचमा BYD Tang DM-i ले नेपाली बजारमा ठूलो सम्भावना बोकेको छ । लक्जरी, किफायत र वातावरणमैत्री प्रविधिको संयोजन भएकाले यो मोडलले प्रतिस्पर्धी SUV बजारमा नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ ।
Comments are closed.