काभ्रेमा इलेक्ट्रिक गाडी विवाईडीको टेष्ट ड्राइभ

काभ्रे । विद्युतीय गाडी विवाइडीको टेष्ट ड्राइभ कार्यक्रम काभ्रेमा आयोजना भएको छ । काभ्रेको होराइजन होटलमा बिहीबार टेष्ट ड्राइभ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा टेष्ट ड्राइभ गर्नेहरुको आकर्षण देखिएको विवाइडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकका प्रवन्ध निर्देशक यमुना श्रेष्ठले जानकारी दिइन् । ‘पछिल्लो समय नेपाली बजारमा विवाईडीका विद्युतीय गाडीको माग बढ्ने क्रममा छ,’ उनले भनिन् ।

विवाईडीको इ-६, एम थ्रि भ्यान, टी थ्रि भ्यान नेपाली बजारमा बिक्री भइरहेका छन् । एम थ्रि भ्यान ५ र ७ सिटरमा उपलब्ध छ ।

jutta mela

साइमेक्स इंकले नेपाली बजारमा सन् २०१७ बाट विवाइको बिक्री वितरण गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.