नयाँ व्यवस्थापनसहित सञ्चालनमा आयो ‘केयर एण्ड क्युअर’ हस्पिटल

ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा २५ बेड क्षमताको केयर एण्ड क्युअर (सि एण्ड सी) मल्टिस्पेसियालिटी हस्पिटल सञ्चालनमा आएको छ । स्वास्थ्य तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुको आबद्धतामा सञ्चालनमा आएको हस्पिटलले वैशाख १ गतेबाट बिरामी भर्ना सुरु गरेको छ ।

हस्पिटल सञ्चालनमा आएको अवसरमा वैशाख महिना भर अस्पताल परिसर भित्र निःशुल्क स्वास्थ्य जाँच, परामर्श, सुगर परीक्षण साथै अन्य सेवासुविधामा विशेष छुटमा उपलब्ध गराइरहेको छ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निःशुल्क सेवा उपलब्ध भइरहेको बताइएको छ ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित नयाँ व्यवस्थापनमा हस्पिटल सञ्चालनमा आएको संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा. प्रेम देवानले बताए । विशेष विशेज्ञष तथा ख्यातीप्राप्त डाक्टरहरुले हस्पिटलबाट सेवा प्रदान गरिरहेका छन् ।

हस्पिटलमा २४सै घन्टा इमर्जेन्सी सेवा, डाक्टर परामर्श, ल्याब, डिजिटल एक्स-रे, फार्मेसी सेवा उपलब्ध छ । मल्टि स्पेसियालिटी ओपिडी, जनरल एण्ड स्पेसलाइज्ड सर्जरी, आइसियु/ओटी, फिजियोथेरापी, इसिजी/इको, युएसजी एण्ड डप्लर, फेमिली प्लानिङ, अप्थ्यामोलोजी लगायत सेवा उपलब्ध रहेको प्रशासन प्रमुख सुरुची खड्काले जानकारी दिइन् ।

You might also like

Comments are closed.