सि एण्ड सी हस्पिटलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ललितपुरको कुसुन्ती हाइटमा रहेको सि एण्ड सी हस्पिटलको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । हरितालिका तीजको पूर्व सन्ध्यामा निःशुल्क शिविर आयोजना गरिएको हस्पिटलले जनाएको छ । कार्यक्रममा लाइन्स क्लबले पनि सहकार्य गरेको थियो ।

हस्पिटल प्राङगणमा आयोजित शिविरमा झण्डै सय जनाको स्वास्थ्य परीक्षण गरिएको क्याम्प कोअर्डिनेटर आतिष मल्लले जानकारी दिए ।

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा चिकित्सकहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

स्वास्थ्य परीक्षण पश्चात आवश्यकता अनुसार औषधी निःशुल्क वितरण गरिएको फार्मेसी इन्चार्ज राजकिशोर यादवले जानकारी दिए ।

हस्पिटलले समय समयमा निःशुल्क स्वास्थ्य परीक्षण गराउँदै आइरहेको छ ।

lcci
You might also like

Comments are closed.