काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको हो ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित देशभर जेनजीले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका क्रममा काठमाडौंको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
यस्तो संवेदनशील पृष्ठभूमिमा बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारका एक मन्त्रीका अनुसार बानेश्वर घटनाबारे बैठकमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ ।
Comments are closed.