सम्पादकीय : सूचना प्रविधिको साक्षरता बढाउन आवश्यक

काठमाडौं ।  सूचना र प्रविधिको द्रुत विकासलाई हेर्दा नेपाल विश्व परिभेषमा धेरै पछाडि छैन । अहिले यूरोपमा प्रविधिले लिएको गतिलाई नेपाल जस्ता विकाशोन्मुख मुलुकले पनि टपक्क टिपेका हुन्छन् । प्रविधिमा भएको विकास र प्रयोग अब सानो घेरामा बाँध्ने र बाँधिने कुराको कल्पना मात्रै पनि गर्न सकिन्न ।

अर्थतन्त्रमा विभिन्न पाटा र नागरिकको जीवनस्तरको विकासको गतिमा हामी सुस्त छौं तर गएको दुई अढाई दशकको सूचना प्रविधिको विकासलाई हेर्दा छलाङ मारेको देखिन्छ । नेपालमा पहिलो पटक जीएसएम मोवाइलको परीक्षण भएको २०५६ सालमा मात्र हो । त्यसमा पनि प्रिपेड सेवा सुरु गरेको २०६० साल पछाडि मात्र हो तर आज नेपाल टेलिकम फाइभजी नेटवर्कको परीक्षणमा लागेको छ, जुन विश्वकै द्रुत गतिको इन्टरनेटको पछिल्लो जेनेरेसन हो ।

इन्टरनेट र मोवाइल मात्र होइन धेरै सूचना प्रविधिका उत्पादन तथा सेवाको प्रयोगमा हामी उत्तिकै अगाडि छौं । प्रविधिले बनाएको सजिलोको विकल्पको कल्पना पनि गर्न सकिन्न । प्रविधिले दिएको सुविधाको उपभोगले हाम्रो दैनिक जीवन सहज बनाएको एउटा पाटो छ तर प्रविधिको बारेमा जानकारी पाउने र लिने कुरामा हामी धेरै पछाडि पनि छौं । उपलब्ध हुनु र जानकार हुनु फरक विषय हुन् ।

jutta mela

आज प्रविधिको विकासले यसमा पहुँच बढाएको छ । हाम्रो पहुँचमा भएका कुराहरुको जानकारी दिने र त्यसको व्यवस्थित प्रयोग अबको अनिवार्य आवश्यकता हो । हामीले अत्याश्यक ठानेका र हामीसँग भएका सूचना प्रविधिलाई सकेसम्म बढी हाम्रो दैनिक जीवनसँग जोड्ने कुरामा सबैको चासो पुग्न जरुरी छ ।

सूचना प्रविधिको साक्षरतामा पछाडि पर्दा समग्र विकासमै यसले नकारात्मक असर पार्ने कुरामा कसैको विमति नहोला । प्रविधि भित्र्याउने तर यसको प्रयोग र परिणाममा आँखा चिम्लने काम राज्यका निकायबाट नै हुँदै आएको छ । बरु प्रविधिको बारेमा जानकारी दिने र सचेतना जगाउने कुरामा निजी क्षेत्र अगाडि छन् । सूचना प्रविधिको विकास र साक्षरताको पाटोमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले गर्दै आएको गतिविधिलाई मात्रै हेर्ने हो भने पनि निजी क्षेत्रको भूमिकालाई बुझ्न सकिन्छ ।

क्यान महासंघले हरेक वर्ष गर्दै आएको क्यान इन्फोटेक सूचना प्रविधिको बारेमा जानकारी दिनको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सूचना र प्रविधिमा भएको विकासलाई एउटै थलोमा राख्ने क्यानको प्रयासलाई स्रहना गर्नैपर्छ ।क्यान महासंघले क्यान इन्फोटेकको २८ औं शृङ्खला संचालन गर्दैछ । आयोजकले नेपालमा सूचना, प्रविधिमा भएको विकासमा फरक बहस छेड्ने दावी गरेको छ । हरेका शृङ्खलामा विशेष छाप छाड्न सफल क्यान इन्फोटेको २८ औं शृङ्खलाको सफलताको शुभकामना ।

You might also like

Comments are closed.